छैठौ पोखरा महोत्सवको इन्टरनेट पार्टनरमा लुम्बिनी नेट


गिता राना मगर/पोखरा 
छैठौ संस्करणको पोखरा महोत्सवको इन्टरनेट पार्टनरमा लुम्बिनी नेट हुने भएको छ । युनाइटेड क्लवले आयोजना गर्न लागेको छैठौ संस्करणको पोखरा महोत्सवको इन्टरनेट पार्टनरमा पोखराको महेन्द्रपुलमा क्षेत्रिय कार्यालय रहेको लुम्बिनी नेटले अफिसियल इन्टरनेटको रुपमा रहेर काम गर्ने भएको हो ।

सोमबार युनाइटेड क्लवका सचिव लालकाजी गुरुङ र लुम्बिनी नेट प्रा.लि. पश्चिमाञ्चल शाखाका शाखा प्रमुख युशफ श्रेष्ठ बीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा हस्ताक्षर गर्दै लुम्बिनी नेटका पश्चिमाञ्चल शाखा प्रमुख युशफ श्रेष्ठले लुम्बिनी नेटले पोखराको पर्यटन प्रवद्र्धनमा अग्रणी भुमिका खेल्दै आएको युनाइटेड क्लव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए ।

लुम्बिनी नेटले पछिल्लो समयमा पश्चिमाञ्चलमा रहेका ग्राहकहरुलाई मध्येनजर गर्दै वायरलेस र फाइबरबाट दु्रत गतिको नेट सञ्चालनमा ल्याएको वताउदै त्यसलाई तीब्रता दिन आफुहरु तयार रहेको समेत उनको भनाइ रहेको थियो ।

क्लवका तर्फबाट सचिव लालकाजी गुरुङले क्लवले आयोजना गर्न लागेको छैठौ संस्करणको महोत्सवमा लुम्बिनी नेट संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । क्लवको तर्फबाट नेटको बिस्तारका लागी सक्दो सहयोग गर्ने उनको भनाइ रहेको थियो ।
पोखराको अमरसिंह चौरमा आगामी पुसको ३० देखि माघ १० गते सम्म छैठौ संस्करणको पोखरा महोत्सव हुदैछ ।