स्पेनीस टेलिभिजनमा नेपाल बारे बहस (भिडियो सहित)


स्पेन/ स्पेनिस टेलिभिजन टिभी दोसमा नेपालको भूकम्प र हालै भारतले गरेको नाकाबन्धीको बारेमा बहस भएको छ। टिभी दोस अन्तर्गत (आ पुन्तो कोन ला डोस) को लाईभ प्रसारणमा नेपाल बारे बहस भएको हो। बिगत ३० बर्ष देखि स्पेनमा नेपाली अबैतानिक बाणिज्य दुतको रुपमा कार्यरत लुईस बेल्बिस,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एक राज गिरी र नेपाली सँग बैबाहिक जीवनमा बाँधिएकी स्पेनिस नागरिक ईसाबेल कान्तोले टेलिभिजन बहसमा सहभागिता जनाएका थिए।

अबैतानिक बाणिज्य दुत बेल्बिसले नेपालमा ८० बर्ष पछि ठुलो भूकम्प गएको भन्दै यसले हजारौको ज्यान जानुका साथै लाखौ घरबार बिहिन भएको दुखत घटना बारे प्रष्ट पारे। उनले भूकम्प पछि नेपालले सामाना गर्नु परेको अवस्थाको बारेमा पनि चर्चा गरेका थिए।

टेलिभिजनमा लाईभ बहस चलिरहँदा नेपाली झन्डा,गौतम बुद्दको मुर्ति,नेपाली ढाका टोपी लगायत नेपाल चिनाउँने सामानहरु टेबलमा राखिएको थियो। बेल्बिसले अन्तर्वार्ताकारले राखेको जिज्ञासा बारे प्रष्ट पार्दै नेपाल चिनाउँने यी सबै सामाग्रीको महत्व बारे पनि प्रष्ट पारे। गौतम बुद्द भारतमा जन्मिएका भन्दै गलत प्रचार भई रहेका बेला बेल्बिसले,बुद्दको मुर्ति देखाउँदै स्पेनिस टेलिभिजनमा भने ” यो भगवान गौतम बुद्दको मुर्ति हो, नेपालको लुम्बिनीमा उनको जन्म भएको थियो।”

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले नेपालमा भूकम्पले ठुलो भौतिक तथा मानबिय क्षति पुर्याएको कठिन परिस्थितिका बेला भारतले अघोषित रुपमा नाकाबन्धी लगाईदिदा झन् ठुलो संकट आएको बताएका छन्। साथै गिरीले स्पेनमा रहेका नेपालीहरुले भारतको नयाँ दिल्लीमा ठुलो हैरानी व्यहोर्नु पर्ने कुरालाई पनि टेलिभिजनमा उठाएका छन्। नेपालमा स्पेनिस दुताबास नहुँदा परिबार पुनर्मिलन तथा अन्य प्रकियाहरुमा पनि दिल्ली पुग्नु पर्ने बताउँदै तर त्यहाँबाट सहज सुबिधा पाउँन नसकेको गुनासो पोखे।

यस्तै नेपाली नागरिक राजु शाक्यसँग बैबाहिक जीवनमा बाँधिएकी ईसाबेल कान्तोले केहि दिन अघि मात्र नेपालबाट फर्केको बताउँदै त्यहाँको अबस्थाको बारेमा चर्चा गरेकी थिईन्। उनले भनिन्।” नेपालमा भारतीय नाकाबन्धीको कारणले धेरै कुराहरुको समस्या छ,खाना पकाउँने ग्यास छैन,अस्पतालमा अत्याबश्यक मेडिसिनहरुको अभाब छ,डिजेल पेट्रोल छैन। यसले गर्दा जीवन कष्ट कर बन्दै गएको छ।” तर नेपालीहरुले दशै तिहार जस्ता महान चाडबाडहरुलाई अभावका बीचमा पनि मनाएको उनले बताईन्।

भूकम्प गएको करिब ८ महिना पछि, यसको कुनै त्रास नभएको बताउँदै सहभागीहरुले खुलेर नेपाल जान टेलिभिजन मार्फत अनुरोध गरेका छन्। बहसमा हिमाल आरोहण,ट्रेकिङ्,बिबिध कारणले नेपाल पर्यटकको लागि गन्तब्य भएको भन्दै काठमाडौ,भक्तपुर,पोखरा, चितवन लगायत हिमाली क्षेत्रहरुमा पुगेर आनन्द लिन सकिने भन्दै नेपाल जान अनुरोध गरिएको थियो।