स्पेनको एक नम्बरको शक्ति हौ, सरकार बनाउँने कोशिस गर्छु – मारियानो राखोए


बीबीसी/ स्पेनमा भएको आम चुनावमा देशको सत्तारुढ कन्जरभेटिव पार्टीले अधिकांस स्थानमा विजय हासिल गरेपनि बहुमत ल्याउन विफल भएको छ। अब सो दलले गठवन्धन बनाउएर अघि बढ्नुपर्ने भएको छ।

पपुलर पार्टीले १२३ सीट, सोसलिस्टहरुले ९० सीट र मितव्ययीताविरोधी पोदेमोस पार्टीले ६९ सीट ल्याएको छ। उदारवादी सीउदा दानोस पार्टीले ४० सीट ल्याएर चौथो स्थान हासिल गरेको छ।

मतदाताहरुमाझ रहेको असन्तुष्टिमाझ पोदेमोस र सीउदा दानोस पार्टीहरुले पहिलोपटक राष्ट्रियस्तरका उम्मेदवार उठाएका थिए। स्पेनमा विगत तीन दशकभन्दा बढी समयदेखि पपुलर पार्टी र समाजवादी पार्टीले पालैपालो सरकार चलाउँदै आएका थिए।

कसैको पनि स्पष्ट बहुमत नआएपछि पोदेमोस पार्टीकी एक प्रवक्ताले स्पेनमा अब दुई पार्टीमा मात्र केन्द्रित राजनीति सकिएको छ।प्रधानमन्त्री मारियानो राहोएको पपुलर पार्टीलाई स्पष्ट बहुमत हासिल गर्न १७६ सीट आवश्यक थियो। पछिल्लो संसदमा सो दलको १८६ सीट थियो।

तर आफ्ना समर्थकहरुमाझ बोल्दै राखोएले भने, “अब म एउटा स्थिर सरकार बनाउने प्रयास गर्दछु। हाम्रो पार्टी अझैपनि स्पेनको एक नम्बरको शक्ति हो।” चुनावमा ७२ प्रतिशत मतदाताले भाग लिएको बताइएको छ। त्यो सन् २०११को चुनावको भन्दा थोरै माथि रहेको छ।मितव्ययीताविरोधी पोदेमोस पार्टीले २० प्रतिशत स्थानमा विजय हासिल गरेको गरेको बीबीसीले जनाएको छ।

सो दलका नेता पाब्लो इग्लेसियासले भने, “हामी खुशी छौं किनभने दुई दलीय राज समाप्त भएको छ। हामी खुशी छौं किनभने हामी नयाँ युग शुरु गर्न गइरहेका छौं।”
विश्लेषकहरु भन्छन् अब पपुलर पार्टीलाई सरकार बनाउन मुस्किल हुनेछ किनभने अब उस्ले आफ्नो प्राकृतिक साझेदार सीउदा दानोस पार्टीसँग मात्र मिलेर बहुमत हासिल गर्न सक्दैन।

अर्कोतिर सोसियलिस्टहरुले पोदेमोस र सीउदा दानोससँग साझेदारी गर्ने सम्भावना छ।
अर्थतन्त्र, भष्टाचारका आरोपहरु र समृद्ध उत्तरपूर्वी राज्य कातालोनियाको स्वतन्त्रताको विवाद चुनावका प्रमुख मुद्दा थिए।  राखोएको प्रशासनले चालेका मितव्ययी कदमहरुका कारण स्पेनको अर्थतन्त्रमा केही सुधार आएको बताइन्छ।