रातमा पनि उदाऊ (कबिता)


कवि:- प्रकास बज्रचार्य

हे सुर्यदेब बिन्ती छ।
रातमा पनि उदाऊ।
तिमीलाई बिन्ती छ।
तिम्रो रातको लाेडसेडिङ्ग घटाऊ।
याे माैसममा दिनमा तिम्रो तापले
साेलर बत्ती बलेन।
जाडाे समयमा तिम्रो रापले
साेलर प्यानलकाे पानी तातेन।
घरमा टि भी चलेन।
वाईफाई चलेन।
ईन्डक्शन चलेन।
अब सबै साेलरकै भर भाे।
तिमीलाई पुकार्नु कर भाे।
हे सुर्यदेब अब रातमा पनि उदाऊ।
यहाँ त लाेडसेडिङ्गकाे ठेगान छैन।
ग्यास र पेट्रोल के कुराे।
यहाँ बाच्न पनि रहर छैन।
सबै चिठ्ठा जस्तै भाे जीवन अपुराे।
अब त जलविद्युत हैन।
अब त हावाविद्युत निकाल्ने रे।
गुगल ब्वाई अादित्यले भनिसके
नेताहरू गफ मात्र गर्छन रे।
यिनी नेताहरू फेल खाए रे।
यिनका भर भएन सुर्यदेब
अब तिमी रातमा पनि उदाऊ।
कमसे कम अन्धकार त भएन।
साेलरले धाेखा त दिदैन।
(कवि साईकल सिटी पोखराको  उपाध्यक्ष पनि हुनुहुन्छ।)