स्पेनकी सुन्दरी मेरिया लालगुना बनिन् मिस वर्ल्ड -२०१५


– (एजेन्सी), सान्या, चीन/ मिस वर्ल्ड २०१५ को ताज स्पेनकी सुन्दरी मेरिया लालगुना रोयोले जितेकी छन् । चीनको सान्यामा भएको प्रतियोगितामा २३ वर्षिया स्पेनी सुन्दरी टप मोडल भइन् भने ‘ब्युटी विथ पर्पस’को उपाधि इन्डोनेसियाकी सुन्दरीले जितिन् । दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारिया हरफान्ती आए ।

उत्कृष्ट ५ मा स्पेन, रुस, इन्डोनेसिया, लेवनान र जमैकाका सुन्दरी परे । विश्व सुन्दरीको ताजका लागि सोधिएको प्रश्नमा स्पेनकी सुन्दरीले बाहिरी रुपमा कुनै मान्छे सुन्दर हुँदैमा ऊ भित्री मनले पनि सुन्दर हुँदैन भन्न नमिल्ने तर्क गरेकी थिइन् । प्रतियोगितामा सहभागी नेपाल सुन्दरी इभाना मानन्धरले कुनै उपाधि जितिनन् । मिस वर्ल्डको यो ६५ औं संस्करण हो ।