नेदरल्याण्डका पूर्व प्रशिक्षक, चेल्सीको अन्तरिम प्रशिक्षकमा नियुक्त


काठमाडौं । गुस हिडिंक चेल्सीको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । नेदरल्याण्डका पूर्व प्रशिक्षक हिडिंकलाई यो सिजनको अन्त्यसम्मका लागि प्रशिक्षकमा नियुक्त गरिएको चेल्सीले जनाएको छ ।

उनले यसअघि २००९ मा पनि चेल्सी सम्हालेका थिए । अन्तरिम प्रशिक्षक हुँदा उनले त्यसबेला एफए कप जिताएका थिए ।यो पटक जोसे माउरिन्हो बर्खास्त भएपछि हिडिंक फेरि स्टार्मफोर्ड ब्रिजको प्रशिक्षक भएका छन् । चेल्सी र्फकन लागेको हिडिंकले आफू निकैं उत्साहित रहेको बताएका छन् ।