एमाले नेतृ पाण्डेसँग प्रबासी नेपाली मञ्च स्पेनको छलफल


स्पेन/ प्रबासी नेपाली मञ्च स्पेनले आप्रबासी कामदारहरुको भोगेका समस्याहरु लगायत स्पेन बासी नेपालीहरुको समस्याको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। एमाले नेतृ तथा प्रबास ईन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथ्यतामा बुधाबार बार्सिलोनामा अन्तर्क्रिया कार्यक्रम भएको हो।

आन्तरिक रुपमा कार्यकर्ता प्रशिक्षण समेत रहेको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले देशको बर्तमान राजनीतिक परिस्थिति र एमाले नेतृत्व सरकारले बर्तमान परिपेक्षमा खेलेको भूमिकाको बारेमा चर्चा गरेको मञ्चका कार्यबाहक महासचिव हेम पाण्डेले जानकारी दिए। पाण्डेले प्रबासी श्रमिकका अधिकारका बिशेषमा बोल्दै,स्पेनमा रहेका श्रमिकहरु र नेपाली श्रमिकहरुको नङ् मासुको जस्तो सम्बन्ध हुनु पर्ने बताईन्।

कार्यक्रममा मञ्चका सँस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना,निबर्तमान अध्यक्ष मुक्त बहादुर गुरुङ,प्रबासी नेपाली मञ्च बेलायतका उपाध्यक्ष रमेश बास्तोला, दिपक खरेल,हेम शेर्पा लगायतले बोलेका थिए।

मञ्चका महासचिव लक्ष्मण शर्मा बैबाहिक जीवनमा प्रबेश गरेको साथै उपाध्यक्ष ओमर बहादुर गुरुङ हालै गठन भएको पर्बत समाज स्पेनको अध्यक्षमा सर्बसम्मत चयन भएकोमा बधाई ज्ञापन गरिएको मञ्चले जनाएको छ। अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यबाहक महासचिव हेम प्रसाद पाण्डेले गरेका थिए।