स्कुलको सहयोगका लागि, साईप्रसबाट म्युजिक भिडियोमा अपिल


स्पेन/ बिबाहको पहिलो बर्ष गाँठ श्रीमान् – श्रीमती रमाईलो गर्दै साथ – साथ बिताउँन खोज्नु स्वाभिबक थियो । त्यसैले बिशेष दिनमा रमाईलो गर्नका लागि एउटा छुट्टै परिवेश त सृजना हुन्छ,तर पतिले पत्नीलाई त्यती वास्ता गरेको देखिदैन। एक्कासी श्रीमान् फोन रिसिभ गर्दै एकान्त ठाँउ तिर जान्छन्।

श्रीमतीको पर्खाईको पिडा धेरै लामो समय सम्म चलि रहन्छ। तर आफ्नो प्रिय आउँदैनन् फोनमा नै ब्यस्त देखिन्छन्। मोवाईलमा बहिनीको मेसेज आउँछ,”दिदि ह्यापी फष्ट एनिभर्सरी ” रमाईलो गर्नुहोला। तर यता माहोल अर्कै बनेकोले उनलाई ज्यादै रिस उठ्छ अन्तत: श्रीमानलाई एक्लै छाडेर बाहिरिन्छिन्।

केहि समय पछि फोन बार्तालाप टुंगाएर फर्किएका श्रीमानले आफ्नी प्रियलाई देखेनन्। हतार हतार फोन गरे र उनलाई भेटे। तर उनि ज्यादै रिसाएकी थिईन् श्रीमान् सँग केहि कुरा गर्न चाहिंनन्। त्यति बेला श्रीमतीलाई हेरेर भन्दै थिए,तिमीले फर्किएर नरोउ भनी दिए ,अझै म कति रोई दिन्थे होला।”

यो जोडीको प्रेम कहानी यतिकैमा भने टुंगिएन । रिसाएर घरमा पुगेकी श्रीमतीले ल्यापटप खोलेकी हुन्छिन्। उनले अकस्मात एउटा ईमेल देख्छिन्। ईमॆल देखे पछि उनको मनमा ठुलो तरंग आउँछ। श्रीमानले बिबाहको पहिलो बर्ष गाँठको अबसरमा अहिले नै ज्ञानोदय माध्यमिक बिद्यालयलाई ५ सय युरो सहयोग गरेका रहेछन्।

बिद्यालयमा अध्ययनरत कम देख्न सक्ने वा कमजोर दृष्टि भएका बिद्यार्थीहरुलाई आफ्नो बर्ष गाँठमा सहयोग गरेको देख्दा श्रीमती खुशी हुन्छिन्। सहयोग गर्नका लागि फोनमा ब्यस्त भएर बिबरण दिएको थाहा भए पछि श्रीमान्, भएको ठाउँमा पुगेर उनले पनि भन्छिन्, “तिमीले फर्किएर नरोउ भनी दिए ,अझै म कति रोई दिन्थे होला।”

साईप्रसमा बिगत ८ बर्ष देखि बिद्यार्थी जीवन बिताउँदै आएका म्याग्दी, राखु गाबिस, ९ का २७ बर्षिय बिरन पुनले आफ्नो परिकल्पना र निर्देशनमा यो भिडियो तयार पारेका हुन्। सरोज साजन श्रेष्ठको स्वर, ईश्वर मागियाको संगीत र  प्रकाश क्षणिकले रचना गरेको गीतलाई मगरले आफ्नै गाँउको यथार्थ घटनासँग जोडेर भिडियो तयार गरेका हुन्।

आफ्नै गाउँ राखुमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा आँखा कम देख्ने१८ जना बिद्यार्थीहरु रहेको र उनीहरुलाई सहयोगको खाँचो रहेको भन्दै मगरले भिडियो मार्फत सन्देश दिने कोशिस गरेका छन्। बर्ष गाँठ,जन्मदिन,वा खुशीयाली मनाएर रकम खर्च गर्नु भन्दा बिद्यालयलाई सहयोग गर्यो भने ठुलो सेबा हुन्छ भन्ने सन्देश दिन खोजेको मगर बताउँछन्।

नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भिडीयोका निर्देशक मगरले भने,” बेल्जियमबाट यस अघि पनि बिद्यालयलाई ठुलो सहयोग पुग्नाले धेरै सुधार भएको छ तर देख्ने क्षमता कम भएका बिद्यार्थीहरुको अबस्था अझै नाजुक छ। सामान्य बिद्यार्थीहरु सँगै बसेर पढ्नु पर्ने बाध्यता छ उनीहरुलाई ब्रे लिपि वा आबश्यक पूर्वाधार केहि पनि छैन।” शिक्षकको अभाव, छात्राबासमा एउटा मात्र कोठा,बेडको कमी धेरै समस्या देखिएकोले भिडियो मार्फत सहयोगको अपिल गरेको हुँ।”

गायक श्रेष्ठको एस ३ एल्बममा समाबेश भएको सो गीतको छायाँङ्कन साईप्रसमा गरिएको थियो भने,भिडियोमा सन्तोष बडाल, रेश्मा अधिकारी र सपना खड्काले अभिनय गरेका छन्।यसैबीच गायक सरोज साजन श्रेष्ठको आफ्नो “एस३” एल्बमको काठमाडौमा बिमोचन गरेका छन् ।

बिमोचन समारोहमा वरिष्ठ गायक प्रमेध्वज प्रधान,संगीतकार राजु सिंह,बाबु बोगटी, हेमन्त सर्मा लगायत विभिन्न कलाकारहरुको पनि उपस्थिति रहेको थियो । मगरले निर्देशन गरी तयार गरेको सोहि गीत “तिमीले फर्किएर” को म्युजिक भिडियोलाई कार्यक्रममा सार्बजनिक गरिएको थियो।