घार्र्मीमा भूमेपूजा सम्पन्न, बाली लगाउने बेला र थन्क्याउने बेलामा पूजा गरिने


पोखरा/ पोखरा उप—महानगर पालिका वडा नम्बर १९ मा बसोबास गर्ने व्राहमण समुदायले सामूहिक रुपमा भूमे पुजा गरेका छन ।

वडामा रहेको करिब २ सय घरधुरिका व्रहमण समूदायले घार्मीमा रहेको भूमेपूज्ने तिखेढुङगा सामुदायिक बनमा पूगी भूमी देवताको पूजा आरधाना गरेका थिए । परापूर्व काल देखि नै वर्षको २ पटक जेठ र मंङसीर महिना गरिने भएपनि तिथि घटबढका कारण पुषमा पूजा गरिएको हो ।

सहभागि भक्तजनहरुले भूमी देवताको पूजा गर्दे बर्खे बाली संप्रिएकोमा खुसी व्यक्त गर्दै अन्न तथा फलफुल चढाएका थिए ।हिउदृे खेती लगाउदा पनि कूनै व्यवधान नआओस भन्दै कामना गरेका थिए । बाली लगाउने बेला र थन्क्याउने बेलामा गरिने पूजामा अन्न समेत चढाईन्छ ।

विहान चोखो नितो गरी घरमा रहेको भगेर देवताको पूजा गरिसकेपछि भक्तालुहरु भूमि पूजाका लागी जङगल क्षेत्रमा रहेको मठमा जाने गर्दछन । जुठो तथा सुत्केरो परेका भने पुजामा सहभागी हुदैनन । गाँउमा यसपाली अधिकांस घरमा जुठो र सुत्केरो परेकाले पुजामा सहभागीहरुको संख्या न्युन रहेकोथियो। पुजामा महिलाहरु सहभागी नहुने प्रचलन छ ।

भूमे पूजा गर्न स्थानिय रुपमा पूजा समिति गठन गरिएको छ । भूमे पूजा पछि मात्रै खेती पाती लगाउने प्रचलन लामाचौरमा रहेको छ । पूजा स्थलमा खानेपानी तथा भवन नहुँदा पूजा संचालन गर्न समस्या पर्ने गरेको छ । भवन र मन्दिर निर्माणको कुरा पटक पटक उठेपनि अझै त्यहाँ भवन निर्माण हुन सकेको छैन ।