मिष्टर एण्ड मिस पर्फेक्ट हुने


पोखरा /
सेभेन हर्ट ईन्टरटेण्मेण्टको आयोजनामा पोखरामा मिष्टर एण्ड मिस पर्फेक्ट पोखरा २०१६ हुने भएको छ ।  व्यक्तिमा लुकेर रहेको प्रतिभा प्रष्फूटन गराई समाजमा छुट्टै पहिचान कायम गराउनका निम्ति ईभेण्टको आयोजना गरिएको ईभेण्टका म्यानेजिङ डाईरेक्टर लक्ष्मण छन्त्यालले जानकारी दिए ।

ईभेण्टका लागि पहिलो चरणको अडिशनबाट १० जना छनौट भईसकेको र पुष ४ गते सनिबार पुनः दोश्रो चरणके अडिशन लिईने उनले बताए । १६ वर्ष देखि २४ वर्षसम्मका करिब २५ जना यूवा यूवतीहरुलाई समावेश गराएर उनीहरुलाई विभिन्न प्रतियोगितामा मार्फत मिष्टर एण्ड मिस पर्फेक्ट छनौट गरिने छन्त्यालले जानकारी दिएका छन् ।

‘‘ईभेण्टका लागि दोश्रो अडिशनको तयारी गरिरहेका छौँ, शनिबार चिनारी थकाली भान्सा घर चिप्लेढुंगामा अडिशन हुनेछ” उनले भने । पोखरामा भईरहेका ईभेण्टभन्दा फरक ढंगले अगाडि बढाउने योजना रहेको उनले दावी गरे ।