शिब परियार सहित,पाँच कलाकारको टोलीले बार्सिलोना तातिदै


बार्सिलोना/ चर्चित गायक शिब परिबार,गायिका मिलन अमात्य,हास्य कलाकार सन्दिप क्षेत्री,फेसन डिजाईनर रिता थापा र कार्यक्रम संचालक राजेश पाण्डे सहितको जम्बो टोली बार्सिलोना आईपुगेको छ। आज नेपाली समुदाय माँझ जोडदार साँगितिक प्रस्तुति राख्नका लागि कलाकारको टोली बार्सिलोना आएको हो।

युरोप टुर २०१५ को नाम दिदै कलाकारहरुले बिभिन्न देशमा साँगितिक कार्यक्रम प्रस्तुती गरिरहेका छन्। यस अघि नर्बेमा कार्यक्रम गरी सकेको यो टोलिले बार्सिलोना लगत्तै डेनमार्कमा पनि प्रस्तुति राख्ने भएको छ। पुर्बेली नेपाली एकता समाज स्पेन र नेपाली अन्तराष्ट्रिय कलाकार समाज (ईनास) को संयुक्त प्रयासमा कलाकारहरु बार्सिलोनामा कार्यक्रम हुन लागेको हो।

गायक परियार पछिल्ला केहि बर्षहरुमा नेपाली सुगम संगीतहरुमा निकै लोकप्रिय बने। उनि नेपाली चलचित्रका केहि गीतमा पाश्व गायनबाट चर्चा बटुले।गायक परियारका संयोगान्त गीतहरु भन्दा पनि बढी बियोगान्त गीतहरु दर्शकहरु माँझ निकै लोकप्रिय छन्।

गायिका अमात्य भने नेपाली चलचित्रका गीतहरु बाट नै पछिल्लो क्रममा निकै रुचाईएकी गायिका मानिन्छन्। उनका गीतहरुबाट बार्सिलोनाको अहिलेको चिसो मौसम ह्वावत्तै तात्ने अपेक्षा गरिएको छ। प्राय: सांगीतिक कार्यक्रम बढी हुँदै आएको यहाँको परिबेशमा हास्य कलाकार क्षेत्रीको माग भने बढ्ने देखिएको छ।

यस्तै रिता थापाले देखाउँने फेसन शो भने संभवत नेपाली राष्ट्रिय स्तरको फेसन डिजाईनरले स्पेनमा प्रस्तुत गर्ने पहिलो शो बन्ने छ। यस्तै कान्तिपुर रेडियोको चर्चित आबाज राजेश पाण्डेसँग बार्सिलोनाबासी नेपालीहरुले प्रत्यक्ष सुन्न र झुम्न पाउँने भएका छन्।

नेपाली साँस्कृतिक साँझ -२०१५ नाम दिईएको कार्यक्रम काईया सिसिलियाको हलमा दिउँसो ३ बजेबाट सुरु हुने बताईएको छ। प्रबेशका लागि १० युरो टिकट शुल्क राखिएको छ।कलाकारहरुको युरोप टुरलाई सरोज श्रेष्ठले ब्यबस्थापन गरिरहेका छन्।