आईनाले कार्यक्रमबाट आशा स्कुललाई सहयोग जुटाईन्


वसन्त रानाभाट,बार्सिलोना / २४ बर्षिय स्पेनिस चेली आईना बार्काले सुस्त मनस्थिति भएका बालबालिकाहरुको सहयोगार्थ आयोजना गरेको एक बिशेष कार्यक्रमबाट १ हजार २ सय युरो बचत भएको छ।

हेटौडाली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक समेत रहेकी आईनाले नेपालमा संचालन गर्दै आएको आशा स्कुल सहयोगार्थ क्रिसमस च्यारिटी डिनरबाट उक्त रकम बचत भएको हो।उनले कार्यक्रम स्थलबाट नै नेपाली हस्तकलाका सामग्रीहरु पनि बिक्री गरेकी थिईन्।

कार्यक्रममा नेपाली तथा स्पेनिस नागरिकहरु सहभागी बन्दै उनलाई सहयोग गरेका थिए। समयको अभावले कार्यक्रममा उपस्थित हुन नसक्ने नेपालीहरुले प्रबेश शुल्क १५ युरो तिरेर,उनलाई हौसला प्रदान गरे। उनले संचालन गरेको आशा स्कुलमा हाल १८ जना सुस्तमनस्थिती भएका असाधरण बालबालिकाहरुले शिक्षा पाई रहेका छन्। फिजियोथेरापिष्ट र शिक्षिकाहरु सहित पाँच जना कर्मचारीहरु समेत स्कुलमा रहेका छन्। आईनाले यस्तै कार्यक्रमहरुवाट मासिक रुपमा स्कुलमा हुने ७० हजार रुपैयाँको खर्च धान्दै आएकी छन्।

आईनाले बोल्दै गर्दा सहभागीका आँखा रसाए

डिनर अगाडि भएको एक बिशेष कार्यक्रममा आँफू २१ बर्षको उमेरमा नेपाल पुगे देखि हाल सम्ममा अनुभवहरुलाई आईनाले प्रस्तुत गरिन्। आँफुले काम सुरु गरे देखि अहिले सम्मका गतिबिधिहरुलाई फोटो तथा भिडियोको रुपमा सबै माँझ प्रस्तुत गरेकी हुन्।12377659_1068599063174253_5521993715198226282_oअसाधारण किसिमका ति बालबालिकाहरुसँग सँगै खेल्दा होस्,वा माया ममता बाँड्दा खेरीका पलहरु हुन्, भिडियोमा आईनालाई देख्दा सबैलाई भाबुक बनायो र आँखा रसाए। उनले आफ्नै सँस्थाले जग्गा किनेर,स्कुल निमार्ण सुरु गर्दा देखि, कक्षा संचालन भए सम्मका गतिबिधिहरुलाई भिडियोमा देखाईन्। नेपालमा भवन निर्माण गर्ने क्रममा, सबैले फाईदा र नाफा लिन खोज्ने सत्यतालाई पनि उनले लुकाईनन्।

आईनाको काम ग्यालिनमा पेट्रोल खोज्ने

उनले नेपालमा विनाशकारी भूकम्प पछिको अबस्था र बालबालिकाहरुलाई पर्न गएको प्रभावलाई पनि सुनाईन्। नेपालमा लामो समय सम्म संबिधान निर्माणको प्रकिया चलेको र हालै संबिधान जारी भए पछि सुरु भएको नाकाबन्धीले नेपालमा ठुलो प्रभाव पारेको पनि बताईन्।12377858_1068599126507580_3863782561832472002_oअनुभव सुनाउँने क्रममा नै आईनाले भनिन्,”नाकाबन्धीले ठुलो असर गरेको छ,बच्चाहरुलाई स्कुल लानु पर्छ,टेम्पोको लागि पेट्रोल हुँदैन। स्पेन आउँनु अघि मेरो दिन भरीको काम ग्यालिन बोकेर पेट्रोल खोज्नु नै थियो। ५-७ घण्टा सम्म लाईनमा बस्यो कहिले त पाईदैन,कहिले भने ३ लिटर, ५ लिटर पाईन्छ।”

उनले नाकाबन्धीका कारण स्कुल चलाउँन ठुलो समस्या भएको बताईन्। यो समस्या कहिले सम्म जारी रहने हो यो बारेमा अझै पनि अन्यौलता रहेको सुनाईन्।

नेपालीहरुको उपस्थितिले धेरै खुशी छु

कार्यक्रममा नेपालीहरुको उपस्थितिले आँफुलाई धेरै खुशी बनाएको प्रतिक्रिया दिएकी छिन्। कार्यक्रम सम्पन्न भए पछि नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै आईनाले भनिन्,” नेपालीहरु आउँछन् भन्नेमा त बिश्वस्त थिए तर यति छोटो समय यति धेरैको सहभागिता होला भन्ने लागेको थिएन। म धेरै खुशी र आभारी छु यहाँको नेपाली सुमुदाय प्रति,आउँदा दिनमा पनि सहयोगको अपेक्षा राखेकी छु।”12339482_1068599076507585_9106773479632316625_oकार्यक्रममा ३८ जना नेपालीहरुले सहभागिता जनाए भने त्यति नै संख्यामा स्पेनिसहरु पनि उपस्थित थिए।डिनर कार्यक्रममा युवा तथा नव गायक तुलसी शिवाकोटीले नेपाली गीत संगीत सुनाए।

नेपाली समुदायको तर्फबाट गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले बोल्दै आईनाको प्रशंसा गरे। साथै गिरीले हरेक बर्ष स्कुललाई सहयोगस्वरूप एक सय युरो सहयोग गर्ने घोषणा समेत गरे।

12366064_1068599079840918_2237579438817757141_o12339357_1068599123174247_5473063873031881504_o

तपाईको प्रतिक्रिया