बिकसित मुलुकलाई सचेत गराउँदै पेरिसमा साईकल र्‍याली


स्पेन/ शिरमा नेपाली ढाका टोपी लगाउँदै,साईकलमा नेपाली झण्डा बाँधेर लहरै बसेका देखिन्थे सहभागीहरु। उनीहरुको यात्रा पेरिस स्थित कोर्नेभबाट जलवायु परिवर्तन सम्वन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) २१ औं सम्मेलन स्थल सम्म रहेको थियो।

नेपाल सरकारका वातावरणमन्त्री विश्वेन्द्र पासवानको नेतृत्व मंगलबार पेरिसमा भएको उक्त साईकल र्‍यालीमा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, अख्तियारका सचिव शान्तराज सुवेदी, संसदको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी, सभासद रेशमबहादुर लामा, राधिका तामाङ,फ्रान्सका लागि नेपाली राजदुत अम्बिका देबी लुईटेल,दुताबासका उपनियोग प्रमुख रामबाबु ढकाल लगायत गैरआबासीय नेपालीहरु लगायत पत्रकारहरुको सहभागीता थियो।

12341564_1041381199241366_2351543911648818694_nनेपाल एक पर्वतीय मुलुकको हिम श्रृंखलाहरूमा विश्व तापक्रमको प्रभावलाई चेतना बढाउने उद्देश्यले सम्मेलन स्थलमा नै र्‍यालीको अायोजना गरिएको थियो। -याली मार्फत बिश्व समुदायलाई यो पनि भन्न खोजिएको थियो, “अहिले बिकसित मुलूकहरुले हरितगृह ग्यास उत्सर्जन गरिरहेका छन् तर मार नेपाल जस्ता पर्वतीय मुलुकहरुलाई ठुलो संकट परिरहेको छ। ”

हरित गृह ग्यासको कटौती गर्दै बाताबरणको संरक्षणमा सबै सचेत हुन जरुरी रहेको सन्देश बोक्दै नेपाल सरकारका अधिकारीहरुले साईकल यात्रा गरेका हुन्। पेरिस स्थित नेपाली दुताबासको संयोजनमा नेपालले साईकल र्‍यालीको आयोजना गरेको हो। र्‍याली अत्यन्तै फलदायी भएको पेरिस स्थित दुताबासका उप नियोग प्रमुख राम बाबु ढकालले नेपालीनेपाली डटकमलाई बताए । उनले भने,”र्‍यालीको साथ साथै, सम्मेलनमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई पनि उठाएको छ।”

12314068_1522106021449608_2094600475139299676_n-2यस्तै बाताबरण मन्त्री पासवानले सम्मेलनलाई सम्वोधन गर्दै नेपाल सरकारले बाताबरण संरक्षणका लागि साईकल चढ्ने अभियानलाई जोड दिएका छन्। उनले जलवायु परिवर्तनका कारण नेपाल लगायत पर्वतीय मुलुकहरुले ठुलो पिडा व्यहोरीरहेको बताउँदै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरुलाई सचेत गराएका छन्। मन्त्री पासवानले जलबायु परिबर्तनका कारणले गत बैशाखमा विनाशकारी भूकम्प जाँदा नेपालले ठुलो जनधनको क्षति ब्यहोरेको भन्दै स्मरण गराएका थिए।

12347912_1041381325908020_4063310839267926762_n