एनआरएनए स्पेनको नियमित बैठकका निर्णयहरु


प्रेस नोट
आज मिति ०९ डिसेम्बर २०१५ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको नियमित बैठक संघका अध्यक्ष श्री मुक्तबहादुर गुरुङ को अध्यक्षतामा बस्यो | निबर्तमान अध्यक्ष तथा आइ सी सी सदस्य श्री एकराज गिरी अतिथिको रुपमा उपस्थित रहनुभएको यस बैठकले विभिन्न निर्णय हरु बैठक मा छलफल गर्दै निर्णय द्वारा पारित गरेको छ |

संघको भर्खरै स्थापना भएको कार्यालय लाइ कसरि सम्पूर्ण स्पेनबासी नेपालीहरुको सामुहीक अपनत्व स्थापित गराएर दिर्घकालिन रुपमा ब्यबस्थापन गर्न सकीन्छ भन्ने प्रस्ताब उपर सम्पूर्ण उपस्थित संघ संस्था हरुले आ आफ्नो राय सल्लाह र सुझाब अनि महासचिवको बुदागत दिर्घकालिन सोच प्राप्त भैसकेपछि अध्यक्ष मुक्त बहादुर गुरुङ ज्युले अझ गहन र बिस्तृत रुपमा छलफल आवस्यक भएको भन्दै पुनः अर्को बैठक मा ठोस निस्कर्षमा पुग्ने जानकारी गराउदै बैठक अर्को प्रस्ताबमा अगाडी बढेको थियो |

स्पेनस्थित सम्पूर्ण संघ संस्था हरुले बार्षिक रुपमा गर्दै आएका विभिन्न राजनैतिक तथा सांस्कृतिक कार्यक्रम हरुलाई एक आपसमा नझुधाई कसरि ब्यबस्थित रुपमा कार्यक्रम गर्न सकिन्छ भन्ने प्रस्ताब उपर पनि बैठक मा ठोस निर्णय हुन सकेन | विभिन्न संघ संस्था बाट उल्लेख्य रुपमा प्रतिनिधि हरु उपस्थित रहनुभएको भए पनि केहि संघ संस्था हरुको अनुपस्थितिको कारण सम्पूर्ण संघ संस्था हरुलाई पुनः बैठकमा भेला गराई निर्णयमा पुग्न सबैको राय सल्लाह प्राप्त भए पछि त्यसै अनुरुप आगामी बैठक मा यो सम्बन्धि निर्णय हुने जानकारी बैठक लाई गराइयो |

यस्तै संघले गरेको शुभादिपवाली को अवसरमा गरेको फुटबल कार्यक्रमको आयोजना को समिक्षा गर्दै प्रमुख अतिथिको रुपमा एन आर एन स्पेनको आतिथ्य मा गैर आवासीय नेपाली संघका युरोप संयोजक श्री कुल आचार्य उपस्थित हुनुभएको उक्त कार्यक्रम सफलताको साथ् सम्पन्न भएकोले कार्यक्रम संयोजक लगायत सम्पूर्ण सहयोगी हरु साथै सहभागी सम्पूर्ण संघ संस्था हरुलाई धन्यबाद ज्ञापन गरियो |

युवा तथा महिला फोरमले गर्ने बैठक हरुको जानकारी संघको नियमित बैठकमा लिखित रुपमा संघको महासचिब समक्ष बुझाउनु पर्ने निर्णय गर्दै अर्को प्रस्ताबमा एन आर एन स्पेनले भारतीय नाकाबन्दी बाट प्रताडित नेपाली हरुलाई अति आवश्यकीय औषधी तथा अपरेशन जन्य सामग्री खरिदको लागी प्रारम्भिक चरणमा १५०० यूरो गैर आवासीय नेपाली संघको खातामा दाखिला गरिएको र उठ्ने बाकि रकम पुनः पठाउने निर्णय गर्दै अन्तिम प्रस्ताब स्वरूप पुर्बेली नेपाली एकता समाजको आयोजनामा सह आयोजक अन्तराष्ट्रिय कलाकार समाज स्पेन ले यही डिसेम्बर १३ तारीख का दिन गर्न लागेको सांस्कृतिक कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष मुक्त बहादुर गुरुङ ज्युले बैठक समापन भएको घोषणा गर्नु भयो |

उमेश अधिकारी
महासचिब
एन आर एन ए स्पेन