बेल्जियममा सिन्टरक्लास सँगै बालबालिका रमाए (भिडियो सहित)


ब्रुज/ बेल्जियमको पर्यटकिय नगर ब्रुजमा नेपाली समुदायका बालबालिकाहरुलाई सिन्टरक्लास बोलाएर मनोरन्जन प्रदान गरिएको छ। हाम्रो क्लबले गत सोमबार कार्यक्रमको आयोजना गरी नेपाली समुदाय माँझ बालबालिकाहरुलाई मनोरन्जन प्रदान गरेको हो। बालबालिकाहरुलाई सिन्टरक्लासको गित गाउन लगाएर कार्यक्रमको सुरुवात गरिएको थियो ।

बेल्जियमकै चर्चित नेपाली कलाकार रिया राईले सबैलाई कार्यक्रममा स्वागत गरेकी थिईन् । सिन्टरक्लासको कार्यक्रम गरेर बेल्जियमको कल्चर पनि सिक्न खोजेको बताउदै उनले नेपालमा सिन्टरक्लासको कल्चर नभएको बताईन् ।

सिन्टरक्लास बिषेशत: उत्तरी युरोपमा प्रख्यात छ । सिन्टरक्लास स्पेनबाट आउछन् भन्ने किम्बदन्ती छ । यो परम्परा करिब ९०० बर्ष अगाडीबाट चलेको भनिन्छ । यस्तै कार्यक्रमलाई हुगो डे बोन्टले बालबालिकाहरुलाई सिन्टरक्लासको गीत सिकाउदै,गाउन लगाउँदै कार्यक्रम अगाडी बढाएका थिए ।

लगतै सिन्टरक्लासको आगमन सँगै सबै बालबालिकाहरुलाई असल बन्नको लागि आग्रह गर्दै उपहार दिएका थिए । कार्यक्रमलाई सफल बनाउन स्थानिय नेपाली ब्याबसायीहरुले सहयोग गरेका थिए । र अन्तमा सबैलाई खाजाको रुपमा पिज्जा खुवाईएको थियो ।