पोखरा ९ को वडा स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न


कृष्ण रानाभाट/पोखरा 
पोखरा उपमहानगरपालिका वडा नं. ९ ले आ.व. २०७३÷०७४ मा वडा भित्र गर्ने योजनाहरुको वडा स्तरिय योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न गरी नगरपालिकालाई बुझाएको छ। वर्षभरी वडाभित्र गरिने विभिन्न विकास निर्माण, सरसफाई, महिला तथा वालवालिकाको क्षमता अभिवृद्धिका तालिम, भौतिक संरचना निर्माणलगाएतका योजनाहरुलाई गोष्ठिले पारित गरेको छ।

कार्यक्रममा नेपाली काँग्रेस रामराज लामिछाने, नेकपा एमालेका अध्यक्ष प्रकाश शर्मा, एमाओवादीका बमबहादुर कार्की, राप्रपाका नुरप्रसाद गौतम, टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, नगरिक मञ्च पोखरा ९ का अध्यक्ष लेखुराम खती, अपाङ सरोकार समितिका अध्यक्ष दिपेन्द्र रानाभाट, सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्य, राष्ट्रिय फलफुल व्यवसायी संघका अध्यक्ष रुद्र खनाल, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलगाएतले वोलेका थिए।

कार्यक्रमको उद्घाटन नगरपालिका संयन्त्र सदस्य भेषराज वरालले गरेका थिए भने सहजीकरण सामाजिक परिचालक भावना श्रेष्ठ र दिवाकर सुवेदीले गरेका थिए। वडा सचिव लोकदर्शन कोईरालाको अध्यक्षतामा भएका कार्यक्रमको संचालन दुर्गा भुजेलले गरेकी थिईन्।

गोष्ठीमा १९ वटा टोलविकास संस्था, १८ आमा समुह, महिला समुह, एकल महिला समुह, बाल क्लब, विभिन्न सरोकार संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु समेत सहभागी रहेको कार्यक्रम विहान १०ः३०वजे सुरु भई साँझ ७ वजेसम्म निकै छलफल गरी निचोडमा पुगेको थियो।