पोखरामा पर्यटक बोकेको भारतीय नम्बरको बसमा आगजनी


सन्देश श्रेष्ठ/पोखरा । पोखरामा भारतीय पर्यटक बोकेको बसमा आइतबार राति आगजनी भएको छ ।पोखराको पर्यटन बसपार्कमा रोकेर राखेको युपी ५१ टी ८३११ नम्बरको भारतीय बसमा राति एक बजे आगजनी गरिएको हो । आगजनीबाट गाडी जलेको छ ।

बसभित्र पेट्रोल पनि राखेको भएकाले बढी क्षति भएको प्रहरीले जनाएको छ ।
बसमा आगो आफै लागेको हो वा अरु कसैले लगाईदिएको हो भन्ने बारेमा खुलिनसकेको कास्की प्रहरीले जनाएको छ ।