उड्न देउ ल्याए सुन्दासले,”माया हो” लोकप्रिय बन्दै (भिडियो सहित)


स्पेन/स्विजरल्याण्ड निबासी गायक सुवास सुन्दासले आफ्नो नयाँ एल्बम “उड्न देउ” सार्बजनिक गरेका छन्। ७ ओटा गीतहरु समाबेश गर्दै तयार पारिएको नयाँ एल्बमलाई काठमाडौमा एक भब्य कार्यक्रम बीच बिमोचन गरेका हुन्।

एक साता अघि  नेपाली सांगीतिक श्रष्टाहरु बीच भएको बिमोचन कार्यक्रममा सय बढी पाहुनाहरुको उपस्थिति रहेको थियो। दिपक जंगम,कुन्ती मोक्तान,शिला बहादुर मोक्तान जस्ता नेपाली सांगीतिक क्षेत्रका सर्जकहरु सहभागी बन्दै गायक सुबासलाई बधाई  दिएका थिए।

“माया हो” गीत लोकप्रिय बन्दै 

गायक सुन्दासले भिडियो सहित सार्बजनिक गरेको”माया हो” बोलको गीत नेपाली दर्शकहरु माँझ लोकप्रिय बन्दै गएको छ। बिशेष युवा पुस्ताको मनलाई तान्न सकिने आँकलन गरिएको भिडियोको प्रारम्भिक प्रतिक्रिया अन्त्यन्तै राम्रो रहेको छ। आफ्नै शब्द संगीत र आबाज रहेको गीतमा गायक आँफैले अभिनय गरेका छन्। मोडलको रुपमा एलिसा राईलाई पनि भिडियोमा देख्न सकिन्छ।

नीतिन चन्दको निर्देशनमा बनेको भिडियोलाई यूटुभमा अपलोड गरेको एक साता पनि नबित्तै सात  हजार भन्दा बढीले हेरिसकेका छन्। धेरैले गीत,संगीत र भिडियो संयोजन मिलेको सकारात्मक प्रतिक्रिया दिएका छन्।  सामान्य रुपमा गीत रेकर्ड गर्दै ,भिडीयो खिची युटुभमा अपलोड गरि चर्चा कमाउँने युरोपमा प्रचलन चलिरहेका बेला,गायक सुन्दासले प्रबासमा बसेर मेहनत गरियो भने,हरेक पक्षवाट राम्रो गीत निकाल्न सकिन्छ भन्ने सन्देश दिएका छन्।

युरोपका स्टेज कार्यक्रमहरुमा दिनप्रति दिन निकै ब्यस्त बन्दै गाएका गायक सुन्दासले, केहि समय अगाडी डेनमार्कमा सम्पन्न भएको कार्यक्रममा, नेपथ्यका गायक अमृत गुरुङको झल्को मेट्ने गरि कार्यक्रम नै नेपथ्यमय बनाई दिए पछि, उनको झनै चर्चा बढेको थियो।