इजरायलमा नेपाली चेलीलाई,प्यालेस्टाइनी युवाले पछाडीबाट छुरा रोपे


जेरुसेलम । वैदेशिक रोगजारीको लागि इजरायलमा रहेकी नेपाली महिला ईश्वरी थपलियामाथि प्यालेस्टाइनीले चक्कु प्रहार गरी घाइते बनाएका छन्।
राजधानी जेरूशेलेम आइतबार स्थानीय समाय अनुसार करिब साढे १० बजे प्यालेस्टाइनीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

केयरगिभरको रुपमा काम गर्दै आएकी इश्वरी साप्ताहिक बिदा परेकाले साथीहरु भेट्न जाँदै थिइन् । रुमे भन्ने स्थानको बस स्टेशनमा बस कुरिरहेका बेला आएका एक प्लेस्टाइनी युवकले उनीमाथि पछाडीबाट छुरा प्रहार गरेर भागेका थिए । तत्कालै उनलाई एक बस ड्राइभरले उद्दार गरी सरिक सेदेक अस्पताल पुर्‍याएका थिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।

उनको आकस्मिक कक्षमा उपचार भइरहेको भइरहेको छ। अहिले उनको अवस्था सामान्य रहेको असपतालले जनाएको छ। चक्कु प्रहार गर्ने प्यालेस्टाइनीलाई प्रहरीले पक्राउ गरेको छ। वेस्टब्याङ्क निवासी १७ बर्षीय युवा प्यालेस्टाइनी भएको प्रहरीले जनाएको छ।

इजरायलमा पछिल्लो समयमा प्यालेस्टेनी विद्रोही तथा इजरायलमै रहेका अरवी मुलका मुस्लिमहरुबाट समेत चक्कु प्रहार गर्नेक्रम बढेको छ।प्यालेस्टेनीले बिदेशीमाथि चक्कु प्रहार गरेको यो पहिलो घटना हो।

थपलिया मंगलबार जन्मदिन मनाउने तयारीमा थिइन् । आज आइतबार विदा भएकाले उनी जेरुसेलम नजिकैको शरमा जान लगेकी थिइन् ।