यसरी भयो स्पेनमा एमआरपी बितरण तथा फारम संकलनको काम (फोटोकथा)


स्पेन/ हस्त लिखित राहदानीको वहाल अवधि सकिए पनि, स्पेनमा जारी भएका एमआरपी बितरण तथा फारम संकलन सम्पन्न गरिएको  छ। हस्त लिखित राहदानीले यात्रा गर्न नमिल्ने भए पछि,एमआरपी बनाउँन छुटेकाहरुको फारम संकलन कार्य संचालन गरिएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको प्रावधान अनुसार यही नोभेम्बर २४ देखि हस्त लिखित राहदानी मान्य नहुने भए पनि स्पेनमा ४७ जनाले नयाँ राहदानी बनाउँनका लागि आबेदन दिएका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पहलमा पेरिस स्थित नेपाली दुताबासबाट आएको घुम्ती टोलीले नयाँ बनेका एमाआरपी राहदानी बितरण तथा फारम संकलन कार्यलाई तिब्र पारेको हो ।

दुताबासबाट प्रतिनिधिको रुपमा सहचारी धनीक लाल महतो बार्सिलोना आएका थिए। एनआरएनको कार्यलयबाट नोभेम्बर २४ र २५ तारिक गरि दुई दिन सम्म चलेको राहदानी बितरण तथा फारम संकलन कार्यमा स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुले सहयोग गरेका थिए।

12285859_1084751598210638_1380337462_n12312250_1084751424877322_1417867637_n12297747_1084692444883220_1963113704_o12286978_1084692214883243_124363268_o12282817_1084751491543982_2075395685_n

12278098_1045887665463452_1110897713_n

तपाईको प्रतिक्रिया