एनआरएन सँस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा ५ करोडको औषधि सहयोग


भारतीय नाकाबन्दीका कारण अस्पतालहरूमा अत्यावश्यक औषधिको अभाव भइरहेको बेला,गैर आबासीय नेपाली संघका (एनआरएनए) सँस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले ५ करोड रूपैयाँ बराबरको औषधि स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका छन्।

राजधानीको ग्रान्डी अस्पतालमा आयोजित एक समारोहमा बीच उनले उक्त रकम बराबरको औषधि हस्तान्तरण गरेका हुन्। उक्त औषधि अबुधाबीको एन एम सी ग्रुप र फूलकुमारी महतो ट्रस्टले मिलेर प्रदान गरेका हुन्। प्रदान गरिएको औषधि मध्ये तीन करोड साठी लाख बराबरको औषधि स्वास्थ मन्त्रालय मार्फत र एक करोड चालिस लाख बराबरको औषधि फूलकुमारी महतो ट्रस्ट मार्फत बितरण गरिने छ।

समारोहमा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, स्वास्थ मन्त्रालयका उच्चाधिकारीहरू, कलाकारहरू, र ग्रान्डी अस्पतालका चिकित्सकहरुको पनि उपस्थिति सेतोपाटीले जनाएको छ।

12308618_10208258043038044_3688676958821360452_n-700x525