स्पेनमा एमाआरपी राहदानी बितरण बारे अत्यन्तै जरुरी सूचना


बार्सिलोना/पेरिस स्थित नेपाली दुताबासबाट स्पेनबासी नेपालीहरुको एमआरपी पासपोर्ट बनेर आएको हुँदा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको बार्सिलोना स्थित कार्यलयमा सम्पर्क गर्नु होला।

नोभेम्बर २४ र २५ तारिक एनआरएन स्पेनको पहलमा दुताबासका कर्मचारी सहित घुम्ती टोलीले स्पेनबासी नेपालीहरुका १०१ बटा नयाँ बनेका एमआरपी पासपोर्ट ल्याएको हुँदा, यथाशिघ्र सम्पर्कका लागि अनुरोध गरिएको हो।

एमआरपी राहदानी लिन आउँदा निम्न कुराहरुमा ध्यान दिनुहोला।

– पुरानो राहदानीको म्याद कायम रहेमा त्यसलाई क्यान्सिल गर्नु पर्ने हुँदा,सो राहदानी लिएर आउँनु होला।
– नयाँ एमआरपी राहदानी मात्र बुझ्नु पर्ने,तर पुरानो राहदानी क्यान्सिल गर्नु पर्ने नभएमा,सम्बन्धित ब्यक्ति आफ्नो परिचय पत्र सहित आउँनु होला।
– यदी आफ्नो राहदानी लिन आउँन समय नमिलेमा,अरु कसैलाई मञ्जुरिनामा पत्र सहित पठाउँनु होला। तर पुरानो राहदानीको म्याद कायम रहेमा खण्डमा त्यसलाई क्यान्सिल गर्नु पर्ने हुँदा,सो राहदानी अनिबार्य पठाउँनु होला।
– यदी घुम्ती टोली आएको समय अबधि भर राहदानी बुझ्न नसक्नु भएको खण्डमा,दुताबासको ईमेलमा सम्पर्क गरि आफ्नो घरको ठेगाना पठाई,बनेर आएका पासपोर्ट तुरुन्त आँफुले बुझ्ने बाताबरण कायम गर्नुहोला।

नोट:- नोभेम्बर २४ र २५ तारिक भित्र राहदानी बुझ्न नआएमा,दुताबासका कर्मचारी सहित बनेर आएका राहदानीहरु पुन: पेरिस दुताबास फिर्ता हुने हुँदा मौकाको फाईदा उठाउँनु होला। स्पेनका अन्य शहरमा रहेका नेपालीहरुले पनि,बार्सिलोना स्थित आँफन्त,साथीभाईलाई सम्पर्क गरि मञ्जुरिनामा दिई बुझ्न सकिने हुँदा,समयमा नै सम्पर्क गर्नुहोला।

जनचेतनाका लागि नेपालीनेपाली डटकमको पहल
एनआरएन स्पेनको कार्यलयबाट,स्थान – एनआरएनए स्पेनको कार्यलय, carrer grassot 84-86 barcelona

बनेर आएका १०१ बटा एमआरपी पासपोर्टहरुको बिबरण यस प्रकार छ। अहिले सम्म मात्र ३५ बटा मात्र राहदानी बितरण भएको छ।

 

12309148_1084667364885728_1655262702_n12278170_1084667341552397_1845040349_n12273072_1084667314885733_1931464412_n