भारत सँगको परनिर्भरताले ल्याएको संकट,दिर्घकालिन बिकल्प खोजौ


मोहनराज बराल 'मुन'

मोहनराज बराल मुन

सन् २००८ मा नेपालमा प्रचण्ड प्रधानमन्त्री हुँदा, पशुपतिनाथ प्रकरण भएको त्यसबेला प्रचण्डले पशुपतिनाथको भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न के खोजेका थिए तत्कालीन समयका प्रमुख प्रतिपक्ष दल काँग्रेसमा भुईचालो गयो।यस बिरूद्द आन्दोलन शुरू नै भो।फलत प्रचण्ड ब्याक हुनुपर्ने स्तिथि भएको थियो।

वास्तविकतामा यो त एउटा सानो उदाहरण हो।लाग्छ यो नै नेपालमा भारतको प्रभाव कत्तिको छ ? नेपालका राजनैतिक पाटीहरू कत्तिको दासी छन भारतप्रति? यो दर्शाउन लाग्छ माथी उदाहरण दिएको सानो घटना नै काफी छ। फेरि नेपालको हरेक क्षेत्रमा भारतिय प्रभाव र हस्तक्षेप रहदै आएको छ।फेरि नेपाली शासकवर्ग भारतिय प्रभावमा नहुनु सत्ताबाट हात धुनु नै हो। फेरि नेपालको इतिहासमा जो भारतको प्रभावमा नरहेका प्रधानमन्त्रीहरु जस्तै प्रचण्ड,मनमोहन अधिकारीहरू उनिहरू ९ महिना भन्दा बढि कुर्चीमा रहन सकेनन् ।

फेरि नेपाल सरकारले भारत सरकारको चाहना विपरीत कुनै पनि कदम चाल्दा भारत नेपाल विरूद्ध आक्रामक रहदै आउने र परिआए नाकाबन्दी पनि लगाउने गर्दै आएको छ।उसको यो रबैया सन् १९६२ मा जवाललाल नेहरूको सरकारको पालामा देखि सुरु भएको हो । त्यसबेलाको प्रपोगाण्ड उसको पूर्व स्वीकृति विना राजा महेन्द्रले पंचायती व्यवस्थाको शुरूवात नै थियो। त्यो बेला भारत र चीन बिचको सिमा युद्दको कारण भारतले नाकाबन्दी दुई सातामै अन्त्य गर्‍यो।वि.स २०४५मा भारतले १५ महिने लामो नाकाबन्दी पूर्व स्वीकृतिविना ५०० ट्रक हतियार नेपालले चीनबाट भित्र्याएको बाहानालाई ईसु बनाएर गरेको थियो।”नेहरू”देखि “ईन्धिरा गान्धी” हुदै “मोदी”सम्म आईपुग्दा भारतीय निति उहि रहेको छ।”मुखमा राम राम बगालीमा छुरा”

अहिले मोदीले यहि उखान टुक्कालाई पछाईरहेका छन।नेपालको राजनीतिक आन्दोलन, सरकार गठन तथा विघटन, रणनीतिक दृष्टिले महत्त्वपूर्ण नियुक्तिमा समेत भारतको प्रत्यक्ष वा परोक्ष भूमिका खेल्ने भारतले यस पटक नाकाबन्दी लगाउने बाहाना फरक छ।बर्षौ देखि नेपाली राजनीतिको केन्द्रमा भूमिका लेख्दै आफ्नो पकट जमाउदै आएको भारतले यो बेला मुख्य दलहरूले संबिधान बनाउने सन्दर्भमा गरेको १६ बुँदेबाट नै एक्लिएको छ।

वास्तवमा त्यो एकता नै भारतको लागी टाउको दुखाईको बिषय रहयो।लाग्छ यसरी राजनैतिक दलमा एकता हुनु संबिधान जारी हुदा भूमिका विहिन हुनु नै उस्को लागी अभिषाप भएको हो।यसकारण उ अघोषित नाकाबन्दी गर्दै छ।किन कि उ हाम्रो एकता हैन।लडाई चाहिरहेको छ।फुटाउ र राज गर।उ यहि मंन्त्र चाहन्छ।फेरि कति अच्चम भने उनिहरुको चुनावमा भोट माग्ने एजेण्डा हाम्रो पानी बनेको छ। यसकारण पनि नाकाबन्दी झन झन कडा हुदै छ।

फेरि अर्को अच्चम कुरा भाई फुटे गँवार लुटे भने झै देशको यस्तो बिषम परिस्तिथिमा दलहरू मिलेर सरकार चलाउनु पर्नेमा सत्ताको खेलमा खेल्न खोज्दैछन। देशलाई मैदान बनाउने बातवरण खडा गरिरहेका छन।मुख्य त अहिले नेपाली काड्ग्रेस के.पी.ओलीलाई प्रधानमंन्त्री बनाउने भद्र सहमति बेगर गएर देशलाई पाटीगत स्वार्थको लागी भण्डार खालमा हाल्न खोजिरहेको छ।यो नेपाली काग्रेस भन्ने जिनस अच्चमको रैछ। प्रचण्ड र ओलीले नाकाबन्दीको बिरोध गरिरहदा ठुलो भनिएको दल चुप चाप मौन लक्षणम भएको छ।

यो दल सत्तामा रहेको बेलामा पनि फास्ट ट्रयाकको जिम्मा भारतलाई दिन आतुर थियो।यो भन्दा ठुलो गुलाम के हुन्छ।बिगतमा हाम्रा मुख्य दलहरू भारतिय प्रभावमा रहे।देशमा अस्थिरता रहयो।बिकास निर्माण कापीमा लेखिएका अक्षरहरू मात्रै भए।यसको प्रमुख कारक भारतीय स्वार्थ नै हो । उ हामीलाई भोकमरी,द्दन्द्द,गंजागोलमा फसिएको देख्न चाहन्छ।फेरि उ हामीलाई यस अवस्थामा पुर्याएर हाम्रो प्राकृतिक सम्पतिहरूमा हाली मुहाली गर्न खोज्दैछ।

हामीले अहिले सम्म ३ पटक सम्म नाकाबन्दीको मार खेपिसकेकाछौ। तर अहिले सम्म चेतेका छै नौ।हामी भारतले लगाएको दोश्रो नाकाबन्दी पछि त झन हाम्रा भएका बचेखुचेका उद्योगधन्दालाई बन्द गर्दै परनिर्भर मुखि हुदै गयौ।पाटीगत र सत्ताको स्वार्थको लागी नदिनाला जति बुझायौ ।जनता बुझ्दैनन महाकाली सम्झौता गरे पछि देशै झिलिमिली हुन्छ भनेर राष्ट्रघाती महाकाली सम्झौता गर्ने के पी ओली अहिले १ बर्ष भित्रैमा लोडसेटिड्ग कसरी मुक्त गर्छु भन्दै हावादारी गफ गरेका छन।देश गफले चल्दैन।काम गर्नै पर्छ ।हामी अहिले नाकाबन्दीलाई स्वागत गरेर परनिर्भतालाई कम गर्दै लैजाउ। नाकाबन्दी लगाएका देशहरू पनि बाँचेका छन।

बिश्व युद्धमा सोभियत संघको दोश्रो प्रमुख शहर लेनिनग्रादले ८७२ दिनसम्म नाजी नाकाबन्दी सामना गर्नु पर्दा खानेकुराको नाममा सरकारले बडो मुस्किलले प्रत्येक व्यक्तिलाई दिनमा १२५ ग्राम पाउरोटी उपलब्ध गराउथ्यो।मानिसहरुले लास समेत खान थालीसकेका थिए रे भन्ने कुरा ईतिहासमा पढ्न पाइन्छ । शहरमा बिजुली, पानी र ग्यासको आपूर्ति बन्द थियो। माइनस ३० डिग्रीको जाडोले कठ्याङ्ग्रिएर सन् १९४२ को जनवरी महिनामा मात्रै १ लाख मानिस मरेका थिए ।

तर हाम्रो यस्तो अवस्था आउदैन किन कि हामी सँग टन्न पानी छ। काठ दाउरा जति पनि छ।बाँझो जमिनहरू पनि टन्न छ। मानिसहरू गाँउ तिर छिरे भने शहर शुन्य हुन्छ।सरकारले इच्छा शक्ति देखाएमा म्यानेज गर्न सक्छ।चीन र बंगलादेश जस्ता देशहरू आफ्ना सामान आयात गर्न आतुर छन। फेरि नाकाबन्दीको बिश्व ईतिहास हेर्ने हो भने अमेरिकाले १९६० को जुलाईबाट क्युबालाई निरन्तर नाकाबन्दी लगाउदै आएको छ।जुन आदी शताब्दी भन्दा पनि लामो छ र अहिले पनि जारी छ।

के क्युबाका जनताहरू मरेका छन।अमेरिकी च्याम्बर्स अफ कमर्सले गरेको अनुमान के थियो भने यो नाकाबन्दीले क्युबालाई मात्र नभई अमेरिकालाई पनि ठूलो घाटा र्पुयाएको थियो। च्याम्बर्स अफ कमर्सको डाटा अनुसार यस नाकाबन्दीले अमेरिकाले प्रतिवर्ष १.२ अरब अमेरिकी डलर नोक्सान बेहोर्ने गरेको गरेको छ।फेरि अमेरिकालाई टक्कर दिन सोभियत संघले क्युबालाई नसधाएको पनि हैन।तर पनि सोभियत संघको बिधटन पछि

सहयोग धेरै दिन रहन सकेन।त्यस पछि नाकाबन्दीलाई राष्ट्रपति क्यास्ट्रोले क्युबाली जनतामा राष्ट्रियताको भावना जगाउँदै देश विकास गर्न अवसरका रूपमा प्रयोग गरे। अमेरिकाले खाद्यान्नमाथि नाकाबन्दी गरेपछि उनले क्युबाली युवालाई दूध नखान आग्रह गरे। बृद्ध र वालवालिकालाई दूध अभाव हुन नदिन राष्ट्रपतिले गरेको आग्रहलाई क्युबाली जनताले सहर्ष स्वीकार गरेका थिए।

राष्ट्रपति क्यास्ट्रोले नाकाबन्दी विरूद्ध राष्ट्रिय स्वाभिमान रक्षाका लागि गरेका अन्य धेरै अभियानमा जनताले ठूलो साथ दिएकाले अमेरिकी नाकाबन्दी विरूद्ध लड्न क्युबा सफल भएको थियो। यो नाकाबन्दीले अमेरिकी जनतालाई पनि ठूलो समस्या पारेको थियो। क्युबामा उत्पादन भएका कतिपय वस्तुको अमेरिकी उपभोक्ता नाकाबन्दीको मारमा परेका थिए। भनिन्छ, अमेरिकी राष्ट्रपति केनडी आफै क्युबाली सिगारको यति पारखी थिए कि नाकाबन्दी गर्ने अघिल्लो साँझ आफ्नो सेक्रेटरीलाई क्युबा पठाएर १२ सय क्युबाली सिगार झिकाएका थिए रे ।

फेरि अमेरिकाले भियतनाममा लगाएको नाकाबन्दीको १९ वर्ष सम्म रहयो।पछि अमेरिका बाध्य भएर ३ फेबअरी १९९४ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भियतनाम नाकाबन्दी औपचारिक रूपमा हटाएको घोषणा गरे । अमेरिकाले क्युबा,भियतनाममा लामो समयसम्म लगाएको नाकाबन्दीबाट त्यहाँको जनताले कसरी सामना गरे।बुझ्न,जान्न र सिक्न जरूरी छ।हामीले के बुझ्न जरूरी छ भने राष्ट्रियता नै राष्ट्रको प्राण हो ।

यदी अब पक्का देश बनाउने नै हो भने राष्ट्रिय सवालमा इमान्दार प्रतिबद्दता पहिलो सर्त हुनुपर्छ ।भारतीय हस्तक्षेप र ‘नाकाबन्दी’को बिरुद्ध द्रृढ र एकताबद्द हुनैपर्छ।कसैसँग नझुकिकन हाम्रो आन्तरिक मामिलामा हामी आँफैले निर्णय गर्ने क्षमता प्रदर्शन गर्न सक्नु पर्दछ र राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु पर्दछ।

तर नेपालको आन्तरिक समस्या र आन्दोलनलाई राजनैतिक रुपमा सम्बोधन गरेर समाधान गर्न पनि त्यत्तिकै गम्भीर हुनुपर्दछ।फेरि हामीले अहिले भारतलाई निहुं बनाएर त्यो कार्यभार र जिम्मेवारीबाट पच्छन खोज्दा ठुलो दुर्घटनामा पर्न सकिन्छ। अहिले हाम्रो सरकारले देश भनेको काढमाण्डौ मात्रै हो भन्ने संकुचिकतामा गुज्रिरहेकोछ।यो दिर्धकालीन रूपमा घातक हुने कुरा हो। भूगोलले कोरिएका हिमाल,पहाड, तराई र मधेश सबै देश हो।

यहि मधेश र मधेशी जनतालाई नेपाल र नेपाली नदेख्ने प्रबृतिले पनि नै राष्ट्रिय एकतालाई कमजोर पार्दछ र कालान्तरमा बिखण्डनबादीलाई मलजल गर्न प्रोत्साहित गर्छ।सबै समयमै सचेत होऔं।अब रून्चे स्बरमा नाकाबन्दी खोल्दे भन्ने कुरा हैन कि बरू भोकै पेट लिएर स्वभालम्वन हुने दिशा तिर अधि बढौ।सरकार भुपि शेरचनको कविता घुम्ने मेचमाथी अन्धों मान्छे भईरहदा प्रवासमा रहेका नेपालीहरूको प्रयास सराहनीय छ।

तर पनि हामी परनिरभर्ता र गरिबी हुनुकै नाताले हामीलाई पश्चिममा जगत र अमेरिकाले हेर्ने आँखा मोदी कै आँखा नै हो।पछिल्लो पटक बेलायतले पनि मोदीकै आँखाबाट हेर्दा यो पुष्टी हुन्छ।हामीले अझै कति सम्म गाँमका खेतहरूलाई बाँझो र शहरको खेतिहुने जग्गाहरूलाई प्लटिड्गमा कैदि बनाएर काम नै भएन भनेर सरकार,नेतालाई गाली गर्दै गफ चुटदै बस्ने?खाली जागीर गर्नुलाई मात्रै कति दिनसम्म काम मान्ने?साँच्चै हामीले नाकाबन्दीलाई दिर्धकालीन रूपमा हटाउन खोजौ।अल्पकालिक उपाय खोज्दा हाम्रा पुस्ताले हामीलाई धिकार्ने छन।