रियलको पोष्टमा ४ गोल हान्दै बार्सिलोनाको शानदार जित


– एजेन्सी, मड्रिड/बार्सिलोनाले गए रातिकै एल क्लासिकोमा रियल म्याड्रिडमाथि ४–० को विजय हात पारेको छ । जितसँगै लिग लिडर बार्सिलोनाले ६ अंकको प्रष्ट अग्रता लिएको छ ।

लुइस स्वरेजले दुई गोल गरेपछि बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–० ले पराजित गरेको हो ।

खेलको सुरुवाती समयमा नै स्वारेजले १६ यार्डबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए । यस्तै मध्यान्तर अघि नै बार्सिलोनाका अर्को स्टार नेयमारले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

५३ औं मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । ५७ औं मिनेटमा राकिटिकको स्थानमा मेस्सी मैदान प्रवेश गरे । ७४ औं मिनेटमा स्वरेजले गोल गरेपछि बार्सिलोना ४–० को अग्रता लिन सफल भयो । रियलको १२ खेलबाट २४ अंक छ भने लिग लिडर बार्सिलोनाको ३० अंक भएको छ ।