गण्डकी विकास बैंकको १२ औं साधारण सभा सम्पन्न,


कृष्ण रानाभाट/पोखरा
गण्डकी विकास बैंकको शनिवार सम्पन्न बाह्रौं बार्षिक साधारण सभाले शेयरधनिहरुलाई २३ प्रतिशत प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । साथै सोही सभाले बैंकको जारी तथा चुक्ता पुँजि बृद्धी गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारीत गरेको छ ।

यस पश्चात निकट भविष्यमानै बैंकले जारी गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर र उक्त बोनश शेयर समेत गरी कुल चुक्ता पुँजी ५३ करोड ८५ लाख ६० हजार रुपैया पुग्ने छ । सभाले अन्य उपयुक्त बैंक वित्तीय संस्थासँग मर्जर गर्न आवश्यक सम्पुर्ण निर्णय एवं कार्यहरु गर्न सम्पुर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ ।

बंैकले गत आर्थिक वर्षमा १० करोड ८९ लाख खुद मुनाफा आर्जन गरेको थियो जुन गत आ.ब.को भन्दा ३७ प्रतिशतले बढी हो । २०७२ आषाढ मसान्त सम्ममा बंैकको कूल निक्षेप चार अर्व ५२ करोड र कर्जा लगानी तिन अर्व ८४ करोड रहेको थियो जुन गत आ.ब.को भन्दा क्रमश ४५.५३ र ४५.३१ प्रतिशतले बढी हो । सोही अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.१३ प्रतिशत रहेको थियो ।

ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पु¥याउदै आएको यस बैंकले पश्चिमाञ्चल क्षेत्रका १० जिल्ला अन्र्तगत कुल २० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट कारोवार संचालन गर्दे आएको छ । बैंकले ग्राहकहरुलाई आधुनिक सेवाहरु मोवाईल बैकिङ्ग, एटिएम, एविविएस, रेमिट्यान्स, लकरसेवाहरु उपलब्ध गराउदै आएको छ ।

साथै बैंकले विभिन्न कर्जा शिर्षकहरुमा सरल र सहज तरीकाले छिटोछरितो रुपमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेपमा आकर्षक ब्यजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले वताउनु भयो।