बार्सिलोनामा सुनकली,अब एक दिन बाँकी,


बार्सिलोना/ फुटबल स्टार लियोनल मेस्सीले व्यवसायीक फुटबल खेल्ने शहर बार्सिलोनामा बहुचर्चित नेपाली डकुमेन्ट्री सुनकली प्रर्दशनी हुने भएको छ। मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ फुटबलको शहर बार्सिलोनामा प्रर्दशनी हुने भएको हो।डकुमेन्ट्री भित्र “सुनकली कस्ती मेस्सी जस्ती” भनेर तुलना गरिएकोले पनि बार्सिलोनाको हुने प्रर्दशनीलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

५० मिनेट लामो उक्त डकुमेन्ट्रीको निर्देशन गरेका पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरुको फुटबल कथालाई डकुमेन्ट्रीमा उतारेका छन् । निर्देशकका भाटका अनुसार, ‘सुनकली’ मा फुटबललाई केवल माध्यम बनाइएको छ, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले डकुमेन्ट्रीलाई च्यारिटी सोको रुपमा आगामी नोभेम्बर २२ तारिक आईतबार बार्सिलोनामा देखाउँने भएको छ। निर्देशक भाटको उपस्थितिमा हुने कार्यक्रममा सुनकली बारे परिचय र जिज्ञासा राख्न पनि समय तय गरिएको छ।

डकुमेन्ट्री देखाउँनका लागि संघका सल्लाहकार दाबा ऋषी श्रेष्ठलाई संयोजक तोकिएको छ। कासा डेल टिबेटमा प्रर्दशनी हुने डकुमेन्ट्री हेर्न स्पेनिस लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। बार्सिलोनामा डकुमेन्ट्री ल्याउँनका लागि युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले बिशेष पहल गरेको हो। सुनकलीले अहिलेसम्म आठ वटा अन्तर्राष्ट्रिय अर्वाड जितीसकेको छ।

पोताला रेष्टुरेन्टले च्यारिटी डिनर गर्ने

बार्सिलोनामा अबस्थित रेष्टुरेन्ट टिबेतानो पोतालाले सुनकली देखाउँदै च्यारिटी डिनरको आयोजना गर्ने भएको छ। नोभेम्बर २२ गते नै साँझ रेष्टुरेन्टले स्पेनिस समुदायलाई लक्षित गर्दै सुनकली च्यारिटी डिनर गर्न लागेको हो।

रेष्टुरेन्टले खर्च कटाएर नाफाको सम्पूर्ण रकम सुनकली टिमलाई एनआरएन स्पेन मार्फत बुझाउँने जनाएको छ। रेष्टुरेन्टको संचालन दाबा ऋषि श्रेष्ठ र उनकी श्रीमती लोप्साङ्ग युडुन श्रेष्ठ (यशोदा) ले गर्दै आएका छन्। च्यारिटी डिनरमा सहभागी हुन स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुलाई संचालकले अनुरोध गरेका छन्।

बचत रकम सामाजिक कामको लागि

मुगुमा एउटा खेल्न लायक ‘प्रोपर ग्राउड’ बनाउँने साथै मुगु र हुम्लामा ५ देखि ७ कक्षासम्म अध्ययनरत छात्राहरुको स्कुलबाट ड्रप–आउट गर्ने परिपाटी बढिरहेकाले आवासीय छात्रावास भवन बनाउन योजना अनुरुप सोहि कामका लागि बचत रकम प्रदान गरिने एनआरएन स्पेनले जनाएको छ।

डकुमेन्ट्री देखाउँदा खर्च कटाएर बचत सत प्रतिशत रकम निर्देशक भोजराज भाटलाई सोहि कामका लागि हस्तान्तरण गरिने संघले जनाएको हो। निर्देशक भाटले‘प्रोपर ग्राउड’ र आवासीय छात्रावास भवन बनाउने योजना रहेको, प्रपोजलमा बताएका छन्।
कार्यक्रम बारे पूर्ण जानकारी
डकुमेन्ट्री देखाऊँने मिति:- २२,नोभेम्बर आईतबार
समय:- दिउँसो २:३० बजे ( डकुमेन्ट्री बारे जानकारी), ४:३० बजे बाट देखाउँन सुरु गरिने)
स्थान:– कासा डेल टिबेट calle/Rossello 181 (Esquina Aribau)
Metro – L5 Diagonal, Bus, 33,34,(H8)
टिकट- १० युरो ( १० बर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क)
सम्पर्कका लागि:- दाबा ऋषि श्रेष्ठ ६६०४२५४०७ ,मुक्त बहादुर गुरुङ्- ६७११९४००८,उमेश अधिकारी ६३१६७८१३२, नेपालीनेपाली डटकम -६३२५२२७२९ र एनआरएन स्पेनका कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

च्यारिटी डिनरको लागि
Restaurante Tibetano Potala
C/ Aragon 397, Barcelona, Spain
22th November,2015 ,8.30 pm
Contact:- 934592854,वा 660425407