प्रेमसागरको “जस्को लागि “पोर्चुगलबाट (भिडियो)


स्पेन/ जस्को लागि मलाई छोड्यौ, यस्ले पनि तिम्लाई छोड्यो भने,
तिमि उस्को बनेपछि उस्ले अन्तै नाता जोड्यो भने।

त्यो बेलामा थाहा हुन्छ, साँचो माया के हो भनी,
तिम्लाई पनि हिड्नुपर्ला म जस्तै पागल बनि।।

चर्चित गायक प्रमोद खरेलले केहि महिना पहिले काठमाडौमा यो बियोगान्त गीत रेकर्ड गराउँदै गर्दा नेपाली सुगम संगीतमा अर्को नयाँ ईटा थपिने आशा ब्यक्त गरेका थिए। बियोगान्त गीतलाई खुलेर आवाज दिन सक्ने गायक खरेलले आँफुलाई पनि रेकर्डको क्रममा गीतले मन छोएको भावाना पोखेका थिए।

अहिले सोहि गीतको भिडियो भने पोर्चुगलबाट बनेको छ। कलाकार दिपक सुबेदीले निर्देशन गर्दै भिडियो तयार गरेका हुन्। पोर्चुगलका बिभिन्न रमणीय ठाउँहरुका छायङ्कन गरि तयार गरिएको म्युजिक भिडियोमा निर्देशक सुबेदी लगायत उर्मिला सापकोटा,दीपक राज भण्डारी, सन्ध्या मगर लगायतले अभिनय गरेका छन्।

” तिमी सँग नजर जुधाई डराएको याद आयो,तिम्रो मिठो मुस्कानमा हराएको याद आयो ” नेपाली सुगम संगीतमा अत्यन्तै लोकप्रिय बनेको यसै गीतका रचनाकार प्रेम सागर पौडेलको यो अर्को नयाँ सिर्जना हो। आफ्नैले संगीत समेत दिएका रचनाकार पौडेलले नयाँ एल्बम प्रयासका लागि यो गीत रेकर्ड गराएका हुन्।

स्याङ्गजा टक्सार स्थायी घर भएका पौडेलका सृजना गरेका,तिमी टाढा भएपछि नशा पिउने बानी भयो,पहिलो मायाले धोका दियो,सम्झ त प्रिय,धनलाई माया गरि रहिछौ,हिजो सम्म दुईटा मुटु,आज भोलि मेरो याद तिमीलाई आउदैन र ?,लगायतका गीतहरु निकै चर्चित छन्। पछिल्लो क्रममा उनले आफ्नो रचनाका गीतहरुमा आफैले संगीत दिन पनि थालेका छन्।

एक दशक देखि निरन्तर नेपाली संगीतमा पृथक पहिचान बनाएका गीतकार पौडेलले आफ्नो नयाँ गीतमा ठुलो आशा ब्यक्त गरेका छन्।

मिडियाकर्मी समेत रहेका गीतकार पौडेल, जादुमय प्रमोदको आबाजले गीतलाई फरक ढंगले प्रस्तुत गरेकोले पनि श्रोता दर्शकले मन पराउँनेमा ढुक्क देखिन्छन्।