रोज मोक्तानको अर्को धमाका ‘भर्खरै भर्खरै….


काठमाडौ । चर्चित गायक तथा संगीतकार रोज मोक्तान सांगितीक फाटमा अर्काे धमाकाको साथ देखापरेका छन् । उनले आफ्नो पछिल्लो चर्चित एल्बम ‘मौलिकता’को तेस्रो गित ‘भर्खरै भर्खरै…’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा बिनय मोक्तान ,पार्वती राई र गायक स्वयम रोजको समेत दमदार अभिनय देख्न सकिन्छ । मिलन लामाको शब्द संगित रहेको गितमा मधुर बस्नेतको छायांकन र राजाबाबु केसीको निर्देशन रहेको छ ।

करिब दुई बर्ष अगाडी सार्वजनिक एल्बम ‘मौलीता’को यस अगाडी ‘भमरा भुल्यो यानी माया..’ र ‘गोर्खाली गोर्खाली…’बोलको गितमाथी बनेको म्युजिक भिडियो सार्वजनिक भएका थिए । दर्शकको चाहना र माग अनुसार अहिले आफुले तेस्रो गितको म्युजिक भिडियो ल्याएको मोक्तानले बताए ।

‘दर्शकमा मेरो एल्बमको सबै गितको म्युजिक भिडियो आइदियोस् भन्ने मैले पाएको छु ‘ रोजले भने ‘दर्शकको चाहाना अनुसार एल्बमका सबै गितको क्रमस भिडियो सार्वजनिक गर्नेछु ।’ एल्बमको अब छिट्टै ‘सिरसिरे हावा चल्यो …’बोलको गितको म्युजिक भिडीयो ल्याउने उनले बताए । जुन म्युजिक भिडियो मनाङ र मुस्ताङको हिम श्रृखलामा छायांकन गर्ने तयारी आफुले गरिरहेको उनको भनाई छ ।unnamed-34०५२ मा तामाङ भाषाको एल्बमबाट गायन करियर सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे ,चेप्टे सुन, सम्धिनी ,मौलिकता र तामाङ भाषाको दर्जन एल्बम गरी डेढ दर्जन एल्बम बजारमा आएका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशमा समेत परिचित छन् ।

‘कलकत्ते काइयो…’ ,‘ हेलम्बुको बजारमा..’ ,‘ हिउ पर्यो फुरुरु…’, ‘रातो रातो गाला..’, ‘झमझम स्टकोट…’, ‘झिम्काई देउ परेली…’ , ‘आखाको रमझम…’, ‘यानी माया…’लगायत सायौ लोकप्रिय गितका यि गायक रोजस“ग दुबई, कतार ,मलेसिया, कुबेत, जापान, कोरिया, हंङकंङ, बेलायत, क्यानडा, अमेरीका ,जर्मन ,बेल्जियम, सुइजल्याण्ड, फ्रान्स ,इटली ,इस्पेन, डेनमार्क, नेदरल्याण्डलगायत अरु थुप्रै देशमा संगितीक कार्यक्रम गरेको अनुभव पनि छ ।

२०४८ मा रेडियो नेपालबाट स्वर परिक्षा उत्रिण गरेका रोजले स्वर्गीय संगित सम्रात गोपाल योञ्जन, प्रकाश गुरुङ, गुरुदेव कामदलगायतस“ग आधिकारी संगितीक शिक्षा समेत हासील गरेका छन् । बिभिन्न सामाजीक संस्थाहरुमा रहेर समाजिक कार्यमा समेत कार्य गर्दै आएका रोज हाल नेपाल प्रस्तोता समाज, नेपाल तामाङ कलाकार संघ, सेभेन संमिट फाउन्डेसन, नेपाल रोयल्टी संकलन समाजस“ग अवद्ध छन् ।