नाकाबन्धी बिरुद्द, जर्मनीमा पनि बिरोध प्रदर्शन(फोटोफिचर सहित)


– अमर गोर्खाली/बर्लिन – भारतले लगाएको अघोषित नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीमा नेपालीहरुले भारतीय दुताबास अगाडी प्रदर्शन गरेका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनी, बिद्यार्थीहरु।व्यवसायी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक, जर्मनीस्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको व्यापक सहभागितामा बिरोध प्रदर्शन भएको हो।

एनआरएन प्रमुख संरक्षक जीवा लामिछाने,उपाध्यक्ष कुमार पन्त, संरक्षक दिल गुरुङ साथै युरोप भ्रमणमा रहेका गायक शिव परियार ,मिलन आमत्य,हास्यकलाकार सन्दीप छेत्री साथै त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अघि जम्मा भएर प्रदर्शन गरे। करिब दुई घण्टा गरिएको प्रदर्शनमा सयको हाराहारीमा नेपालीहरु भेला भएर नाकाबन्धीविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा भाग लिन जर्मनीका बिभिन्न शहरबाट नेपालीहरु बर्लिनमा जम्मा भएका थिए।

unnamed-33नेपालमा हस्तक्षेप बन्द गर,नेपालको पारवहन अधिकार सुनिश्चित गर, जस्ता नारा लेखिएका प्लेकार्ड लिदै प्रदर्शनकारीहरुले भारतले आर्थिक नाकाबन्दी मात्र नगरी, औषधी अत्याबश्यक बस्तुहरु रोक लगाउँदा ठुलो मानबिय संकट उत्पन्न हुन लागेको भन्दै बिश्व समुदाय माझ पुर्याएका छन्।

गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले भारतीय नाकाबन्दीले मुलुकमा अत्याबश्यक औषधीहरुको अभाब हुन गएकाले तत्काल आपूर्तिको लागि प्रयास थालेको बताए। पन्तले औषधी मुलुकमा पठाउँने संघले कम्तिमा दस करोड रुपैया संकलन गर्ने लक्ष्य राखेको हुँदा यस अभियानमा लाग्न सबै गैर आबासीयहरुलाई अपिल गरेका छन्।
आयोजकमध्येका एक नेपाली जनसम्पर्क समिति जर्मनीका सभापती बिजय मोक्तानले नाकाबन्दीका कारण ६० हजार भन्दा धेरै बिद्यालय बन्द रहेको,अस्पतालमा औषधीको अभाव, इन्धन अभाबका कारण जीवन कष्टकर बन्दै गएकाले शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको बताए।unnamed-32बिरोध कार्यक्रम पछि भारतीय दुताबासमा ज्ञापनपत्र समेत बुझाएको बताउँदै मोक्तानले नाकाबन्दीका कारण उद्योगहरु बन्द भएको ,मानवीय संकट आउने खतरा रहेको,पारवाहन अधिकारको हनन भएको,पर्यटन व्यवसाय तहसनहस भएको उल्लेख गरिएको बताए।

नाकाबन्धीले विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मुल्य र मान्यतालाई उल्लंघन गरेको भन्दै तत्काल नाकाबन्दी फुकुवा गर्न भन्दै,नेपालीहरुले भारतीय दुताबासलाई सचेत गराएका छन्।

unnamed-31unnamed-27