स्पेनमा बालबालिकाहरुको देउँसी


सन्तोष श्रेष्ठ/बार्सिलोना
स्पेनमा साना साना बालबालिकाहरुले पनि देउसी खेलेका छन् । नेपालीहरुको राष्ट्रिय पर्ब दिपावलीको अबसरमा बालबालिकाहरुलाई आफ्नो सस्कृती र परम्पराको निरन्तरता दिने उदेश्यले अन्तराष्ट्रिय कलाकार मन्चको आयोजनामा नेपाली पाठशालाका बालबालिकाहरुले देउँसी खेलेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यलयमा सम्पन्न कार्यक्रममा कलाकारहरु ,एनआरएन पदाधिकारीहरु,ईनास स्पेनका कलाकारहरु लगायत स्पेनबासी नेपाली समुदायको उपस्थिति रहेको थियो।

12273120_1081026591916472_744898823_nबालबालिकाहरु नेपाली पोशाकमा सजियर घाटीमा रंगि बिरंगी मालाहरु पहिरिदै ढाकाटोपी शिरमा ढल्काउदै हर्ष र उमंगका साथ भैली खेलेका थिए । बिदेशको कार्य ब्यस्ततामा पनि यसरी भैली कार्यक्रमको आयोजना गरेर बालबालिकालाई आफ्नो रितिरिवाजको बारेमा सिकाउनु प्रसंशा योग्य कदममा रुपमा हेरिएको छ ।

बिशेष गरी मौलिक चाडबाड र नेपाली संस्कारलाई बालबालिकाहरुलाई समेत आफ्नो सस्कार सिकाउने कार्यक्रमहरु गरिनुलाई अर्थ पुर्ण रुपमा हेरिएको हो। देउसी भैलो कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउँने सबैलाई मञ्चका अध्यक्ष अजय लोप्चनले धन्यबाद ब्यक्त गरेका छन् ।