डेनिस गीत गाउँन राजेशपायललाई मिस डेनमार्कको अनुरोध


स्पेन/ युरोप यात्रामा रहेका नेपाली चर्चित गायक राजेशपायल राईले मिस डेनमार्क जेसिका जोसफिना भिल्बुकायरसँग भेट गरेका छन्। साँगितिक यात्राको क्रममा युरोप भ्रमणमा रहेका गायक राईले डेनमार्क सुन्दरी सँग भेट गरेका हुन्।

सन् २०१५ मा मिस डेनमार्कको ताज पहिरेकी जेसिकाले भेटमा आँफुलाई डेनिस भाषाका गीतहरु गाउँन अनुरोध गरेको राईले नेपालीनेपाली डटकमलाई बताए। उनले भने,” डेनिस भाषाका गीत गाउँन अनुरोध गरिन्, मैले डेनिस संगीतकारहरु सँग भेट गरेर तयारी गरे त्यो पनि सम्भव रहेको  बताए।”

गायक राईले भारतले नेपालमा अघोषित रुपमा नाकाबन्धी लगाए पछि अहिले देशले अहिले ठुलो संकटको समाना गरिरहेको बारे जानकारी गराएका छन्। भेटका क्रममा डेनिस सुन्दरीले नेपालमा गएको भूकम्प पछिको अबस्था बारे पनि चासो ब्यक्त गरेको गायक राई बताउँछन्। यसअघि हलिउड अभिनेत्री डेमी मुरसँग पनि राईले भेटबार्ता गरेका थिए।

हाल डेनमार्कमा रहेका गायक राईले कोपेनहेगनमा आफ्नो दोस्रो प्रस्तुती राख्दै छन्। यस अघि उनले स्पेनको बार्सिलोना र म्याड्रिडमा गरि दुई बटा कार्यक्रमहरुमा आफ्नो प्रस्तुति राखिसकेका छन्।

12270251_1056837974350362_736540372_n