सुनकलीले स्पेनको माउन्टेन फेस्टिबलमा प्रतिस्पर्धा गर्दै


बार्सिलोना/ मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ ३३ औ बिबिभिए माउन्टेन फिल्म फेस्टिबलमा प्रतिस्पर्धा गर्दै छ। बिश्वमा नै उत्कृष्ट मानिने स्पेनको माउन्टेन फिल्म फेस्टिबलमा नेपाली डकुमेन्ट्री सुनकलीले प्रतिष्पर्धा गर्न लागेको हो।

नोभेम्बर १३ देखी २२ तारिक सम्म तोरैयो ,बार्सिलोनामा जारी फेस्टिबलमा सुनकलीको बुधबार स्क्रिनीङ्ग हुँदै छ। बिबीभिए बैङ्कले प्रायोजन गरेको उक्त फेस्टिबलमा सहभागी बन्ने सुनकली पहिलो नेपाली डकुमेन्ट्री हो।

स्पेनमा फुटबल प्रति निकै चासो राखिने,सुनकलीको कथा पनि फुटबलमा नै आधारित भएकाले नेपाली डकुमेन्ट्रीले पनि अबसर पाएको हो। सुनकली सँगै,करौडौ रकम लगानी गरेर बनाईएको बिश्वमा चर्चित डकुमेन्ट्रीहरुले पनि एकैसाथ प्रतिस्पर्धा गर्दै छन्। केहि साता अघि मात्र सुनकलीले ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा मुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड जितेको थियो।

यसैबीच सुनकलीले हालै जर्मनमा सम्पन्न वग्र्ग फिल्म फेस्टिबल–टिजेन्जी २०१५मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो । यो सँगै सुनकलीले ८ बटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ। सुनकलीलाई नेपाली डकुमेन्ट्री ईतिहासमा नै सबै भन्दा बढी अवार्ड जित्ने डकुमेन्ट्रीमा रुपमा चिनिन्छ।

निर्देशक भाट बार्सिलोनामा

सुनकलीका निर्देशक तथा पत्रकार भोजराज भाट स्पेनको फेस्टिबलमा सहभागी बन्न बार्सिलोना आईपुगेका छन्। नोभेम्बर १८ तारिक फेस्टिबलमा सुनकली प्रदर्शन हुँदै गर्दा निर्देशक भाट मंगलबार बार्सिलोना आईपुगेका हुन्। उनलाई बार्सिलोना स्थित बिमानस्थलमा फेस्टिबल आयोजक लगायत स्पेन स्थित नेपालीहरुले स्वागत गरेका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सल्लाहकार दाबा ऋषी श्रेष्ठ,संघका सचिव सुनिल रानाभाट,नेपालीनेपाली डटकममा प्रधान सम्पादक वसन्त रानाभाट लगायतले उनलाई बिमानस्थलमा स्वागत गर्दै सुनकलीलाई अग्रिम शुभ-कामाना दिएका छन्।12277347_896525643771638_200622556_nफुटबलको देश स्पेनमा मुगुकी सुनकलीलाई देखाउँन पाउँदा आँफुलाई निकै खुसी लागेको निर्देशक भाटले बताए। उनले भने,” यति ठुलो बिश्व चर्चित फेस्टिबलमा नेपाली डकुमेन्ट्रीले प्रबेश पाउँनु नै खुसीको कुरा हो,अवार्ड जितेमा अझ नेपाल र नेपालीको शिर ठाडो हुनेछ।”

नोभेम्बर २२ मा नेपाली समुदाय माँझ

फुटबल स्टार लियोनल मेस्सीले व्यवसायीक फुटबल खेल्ने शहर बार्सिलोनामा बहुचर्चित नेपाली डकुमेन्ट्री सुनकली प्रर्दशनी हुने भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले डकुमेन्ट्रीलाई च्यारिटी सोको रुपमा आगामी नोभेम्बर २२ तारिक आईतबार दिउँसो ४.३० बजे बार्सिलोनामा देखाउँने भएको हो । बार्सिलोनामा डकुमेन्ट्री ल्याउँनका लागि युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले बिशेष पहल गरेको हो।

डकुमेन्ट्री भित्र “सुनकली कस्ती मेस्सी जस्ती” भनेर तुलना गरिएकोले पनि बार्सिलोनाको हुने प्रर्दशनीलाई अर्थ पूर्ण रुपमा हेरिएको छ। निर्देशक भाटको उपस्थितिमा हुने कार्यक्रममा सुनकली बारे परिचय र जिज्ञासा राख्न पनि समय तय गरिएको छ।

डकुमेन्ट्री देखाउँनका लागि संघका सल्लाहकार दाबा ऋषी श्रेष्ठलाई संयोजक तोकिएको छ। कासा डेल टिबेटमा प्रर्दशनी हुने डकुमेन्ट्री हेर्न स्पेनिस लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। ।

पोताला रेष्टुरेन्टले च्यारिटी डिनर गर्ने

बार्सिलोनामा अबस्थित रेष्टुरेन्ट टिबेतानो पोतालाले सुनकली देखाउँदै च्यारिटी डिनरको आयोजना गर्ने भएको छ। नोभेम्बर २२ गते नै साँझ रेष्टुरेन्टले स्पेनिस समुदायलाई लक्षित गर्दै सुनकली च्यारिटी डिनर गर्न लागेको हो।

रेष्टुरेन्टले खर्च कटाएर नाफाको सम्पूर्ण रकम सुनकली टिमलाई एनआरएन स्पेन मार्फत बुझाउँने जनाएको छ। रेष्टुरेन्टको संचालन दाबा ऋषि श्रेष्ठ र उनकी श्रीमती लोप्साङ्ग युडुन श्रेष्ठ (यशोदा) ले गर्दै आएका छन्। च्यारिटी डिनरमा सहभागी हुन स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुलाई संचालकले अनुरोध गरेका छन्।

बचत रकम सामाजिक कामको लागि

मुगुमा एउटा खेल्न लायक ‘प्रोपर ग्राउड’ बनाउँने साथै मुगु र हुम्लामा ५ देखि ७ कक्षासम्म अध्ययनरत छात्राहरुको स्कुलबाट ड्रप–आउट गर्ने परिपाटी बढिरहेकाले आवासीय छात्रावास भवन बनाउन योजना अनुरुप सोहि कामका लागि बचत रकम प्रदान गरिने एनआरएन स्पेनले जनाएको छ।

डकुमेन्ट्री देखाउँदा खर्च कटाएर बचत सत प्रतिशत रकम निर्देशक भोजराज भाटलाई सोहि कामका लागि हस्तान्तरण गरिने संघले जनाएको हो। निर्देशक भाटले‘प्रोपर ग्राउड’ र आवासीय छात्रावास भवन बनाउने योजना रहेको, प्रपोजलमा बताएका छन्।