स्विट्जरल्याण्डको बासेलमा सुनकलीको भव्य प्रदर्शन


हिरालाल श्रेष्ठ, स्विट्जरल्याण्ड,
अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) स्विट्जरल्याण्डको आयोजनामा बासेल शहरमा सुनकली नामक नेपाली बृतचित्रको भव्य प्रदर्शन छ। मुगुकी १३ बर्षिय सुनकली बुढाको कथालाई समेटेर तयार गरिएको वृत्त चित्र प्रदर्शन भएको हो।

बिभिन्न अर्न्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गरेको बृतचित्र सुनाकली नेपालको दुरगम क्षेत्र मुगुकी एक बालिकाले फुटबलका माध्यमबाट आफ्नो गाउँमा सामाजिक परिवर्तन गर्न खेलेको योगदानमा आधारीत छ। एक त दुरगम ठाउँ, त्यस माथि महिला एवं बालबालिकाहरुको कष्ठपूर्ण जीवनलाई उठान सुनाकलीले गरेको छ।

गैर आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरूङ, एनआरएनए आईसिसि सदस्य डा। विनय श्रेष्ठ, अनेकस युरोपका सह -संयोजक गुणराज शर्मा लगायतले सुनकलीको बारेमा बोलेका थिए।

कार्यक्रममा सुनाकलीका निर्देशक भोजराज भाटको पनि प्रत्यक्ष उपस्थिति रहयो। बृतचित्रको प्रदर्शन पश्चात दर्शकहरुले निर्देशक भाटको कामको प्रसंशा गर्दै ईनास स्विट्जरल्याण्डलाई कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिएका थिए।

कार्यक्रममा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष रामकुमार महत्तो, नेपाली जुरीख स्पोर्टस क्लबका अध्यक्ष देव राई, बेर्न समाजका अध्यक्ष बिष्णु थापा, बासेल समाजका अध्यक्ष रेशम रोक्का, ओएनएफका संयोजक प्रविण थापा, स्वीस नेपाली समाजका उपाध्यक्ष एवं स्वीस नेपाली भुकम्प पीडित पुन निर्माण अभियानका संयोजक पितम गुरुङको उपस्थिति थियो।unnamed-26संस्थाका अध्यक्ष धनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव डा। विजय मल्लले र स्वागत मन्तब्य संस्थाकी कोषाध्क्ष आशा स्टुकीले राखिन्। कार्यक्रम सफल पार्न सहयोग पुर्याएको भन्दै आयोजकले एनाआरएनए स्विट्जरल्याण्डका प्रवक्ता सन्तोष राई, ईनास स्विट्जरल्याण्डका उपाध्यक्ष टेम्पा गुरुङ, बासेल समाजका सचिव जीवन भट्टराई, बासेलवासी डा। राजु अधिकारी र श्रीमति सुनम पन्त, त्यसै गरी गौरी गुभाजु, रामशरण अधिकारी, तारा सापकोटा, छिरिङ शेर्पा र जगन केसीलाई धन्यबाद व्यक्त गरेका थिए।