१० करोड बराबरको औषधी नेपाल पठाउँन, एनआरएनको रकम संकलन कार्य सुरु


स्पेन/ गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० करोड बराबरको औषधीहरु लगायत अत्याबश्यक बस्तुहरु नेपाल पठाउने तयारी गरेको छ। नाकाबन्धीको कारण देशमा औषधीको अभाव बढ्दै गए पछि संघले यस्तो तयारी थालेको हो। संघले संसारभर रहेका गैर आबासीयहरुबाट नै १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य राख्दै रकम संकलन गर्न सुरु गरेको छ।

गैर आबासीय नेपाली संघ स्रोतका अनुसार मुलुकमा औषधी पठाउँनको लागि अध्यक्ष शेष घले ५० लाख, जमुना गुरुङ ५० लाख, भवन भट्ट २० लाख, कुमार पन्त १० लाख, एसी शेर्पा ५ लाख, कुल आचार्य ५ लाख, सोनाम लामा ५ लाख, डा. बद्री केसी, १ लाख, एनआरएन महिला फोरम १ लाख,महेन्द्र लम्साल,१ लाख, दावा शेर्पा,५० हजार, प्रेमबहादुर गुरुङ, ५० हजार, रमेश जोशी , ५० हजार, सपिला राजभण्डारी , ३० हजार, रजनी प्रधान, ३० हजार, डिबी क्षेत्रीले २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

संघले केहि समय अगाडी औषधी लगायत अत्याबश्यक बस्तुहरुको सुची तयार गर्न परराष्ट्र मन्त्रीलाई पत्र समेत पठाएको थियो। यस्तै संघले मुलुकको पछिल्लो अबस्था बारे चिन्ता ब्यक्त गर्दै राष्ट्रपति बिद्या देबी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,परराष्ट्रमन्त्री कमल थापा लगायत,उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटबार्ता गरिसकेको छ।