रनवे यूकेमा छनोट भएकी नेपाली चेली प्रसुनाले गरिन् भोटको अपिल


लन्डन । नेपलीज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेल आगामी फेब्रुअरी २०१६ मा यूकेको बर्मिङ्ममा हुने रुल दि रनवे यूके मोडलिङ प्रतियोगिताका लागि छनोट भएकी छन्। बिभिन्न चरण पार गर्दै प्रतियोगिताका लागि उनि छनोट भएकी हुन्।

बेलायतमा निकै प्रतिष्ठित मानिने रनवे यूकेमा छनोट भए पछि कडेलले आँफुले राम्रो अबसर पाएकोले यसमा सफलता पाउनको लागि अब सबैको साथ र सहयोगको खाँचो रहेको बताएकी छन्। उनले भनिन्”अझ अगाडि बढ्न तपाईहरुको सहयोगको आबश्यकता छ, यसका लागि आगामी जनवरी ४ तारिक सम्म मलाई अनलाईन मार्फत भोटींग गर्न अनुरोध गर्दछु ,आशा छ सबैले भोट गरेर,एक मात्र नेपाली प्रतियोगीलाई जिताउनु हुनेछ।”

उनलाई फेसबुक तथा ट्वीटरमार्फत अनलाइन भोटिङ गर्न सकिन्छ।उनले गत बर्ष अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड,यस्तै सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड हात पारिसकेकी सन्। कडेलले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाको भूमिकामा समेत देखा परेकी थिईन्।

नेप्लिज वुमेन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर यूकेमा महासचिवको जिम्मेवारी लिइरहेकी कंडेल  देशमा भूकम्प जाँदा पनि सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा खटिएकी थिईन्।
 प्र्सुनालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्।