नेपाल स्पेन समाज कोस्टाब्लान्काको नयाँ कार्यसमितिले पूर्णता पायो


प्रकाश तिवारी, बेनिडर्म स्पेन,
स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले यस क्षेत्रमा बस्ने नेपाली समुदायको हक, हित तथा आफ्नो धर्म, संस्कृति, भेष-भुषाको संरक्षण तथा सम्बद्धन गर्ने उदेश्यले गठन गरेको नेपाल स्पेन समाज कोस्टाब्लान्काले आफ्नो दोश्रो कार्यकालको लागी नयाँ कार्यसमिति गठन गरेको छ।

केहि समय अगाडी सम्पन्न भएको समाजको बिशेष अधिबेशनले अध्यक्ष पदका लागि रितेश श्रेष्ठलाई सर्बसम्मतले चयन गरि बाँकी पदाधिकारी चयनका लागि नवनिर्वाचित अध्यक्षको संयोजकत्वमा कोस्टाब्लान्का क्षेत्रका बिभिन्न ठाउँमा बसोबास गर्ने नेपाली समुदायको प्रतिनिधित्त्व हुने गरि समाजका कामहरु चुस्त दुरुस्त बनाउने किसिमको नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी सुम्पेको थियो । सोहि अनुरुप कोस्टाब्लान्का क्षेत्र अन्तर्गत पर्ने बिभिन्न ठाउँमा बस्ने नेपालीहरुको प्रतिनिधित्त्व हुने गरि समाजले १५ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको छ।

नव गठित कार्यसमितिको अध्यक्षमा रितेश श्रेष्ठ, उपाध्यक्षमा ईश्वर  गौतम, महासचिवमा सुरेश बज्राचार्य, सचिवमा मुक्तिनाथ पौडेल, सह-सचिवमा शुष्मा ढुंगाना, कोषाध्यक्षमा कोशिष राज महर्जन र सह-कोषाध्यक्षमा रोजिना श्रेष्ठ रहेका छन्। त्यसैगरी समाजले नयाँ कार्यसमितिमा महिलाहरुको बिशेष प्रतिनिधित्व होस् र महिलाहरुलाई सामाजिक गतिविधिहरुमा बढी भन्दा बढी सक्रिय बनाउनका लागि यसपटक देखि महिला संयोजक र उप-संयोजकको पद थप गरि महिला संयोजकमा झरना बास्तोला र उप-संयोजकमा हौसला हमाल (पुनम) लाई चयन गरेको छ भने समाजमा युवाहरुको सहभागिता र सक्रियता बढाउनका लागि युवा संयोजकको समेत पद थप गर्दै उक्त पदमा निरज लुइँटेललाई चयन गरेको छ।

समाजले नव गठित कार्यसमितिको सदस्यमा सके सम्म कोस्टाब्लांका भित्र रहेका विभिन्न ठाउँहरुमा बसोबास गर्ने नेपाली समुदायको प्रतिनिधित्व होस् भनि हरेक क्षेत्रबाट एक एक जना प्रतिनिधि सदस्य चयन गर्दै उनीहरुलाई उक्त क्षेत्रको संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ। यसरी चयन भएका कोस्टाब्लान्काको अन्य बिभिन्न भू-भागका प्रतिनिधि सदस्य तथा सो क्षेत्रका संयोजकहरुमा श्रीधर भुजेल थापा (खाबिया) रुद्र खत्री (डेनिया) दिपेन्द्र भुषाल (मोराइरा) विजय थापा (काल्पे) र किरण पौडेल (आलीकान्ते) रहेका छन्।

त्यस्तै समाजको नवगठित कार्यसमितिको सल्लाहकारमा समाजका निबर्तमान तथा सस्थापक अध्यक्ष लाल बहादुर केसी, एनआरएन स्पेनका सस्थापक आईसिसि बिरेन्द्र श्रेष्ठ, पत्रकार तथा कलाकार प्रकाश तिवारी, निबर्तमान उपाध्यक्षद्वय राजन थापा र केदार देवकोटा, निवर्तमान सह-सचिव मुकुन्द लामिछाने, सस्थापक सदस्यहरु सुरेन्द्र भुजेल र जीवन महतलाई चयन गरेको समाजले जनाएको छ।

नेपाल स्पेन समाजको नामकरण गरि सन् २००९ देखिनै बिभिन्न गतिविधिहरु गर्दै आएको समाजले शुरुवातका बर्षहरुमा नेपाली समुदायका बिचमा विभिन्न नेपाली चाड पर्वहरुको अवसरमा कार्यक्रमहरु गर्दै आए पनि सन २०१४ को अप्रिल २९ मा औपचारिक कार्यसमिति बने पछि भने विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको थियो।

यस अगाडिको कार्यसमितिका अध्यक्ष लाल बहादुर केसीले समाजमा रहेर काम गर्ने इच्छा हुदाँ हुदैं पनि आफ्नो व्यक्तिगत कार्य व्यस्तताले गर्दा पर्याप्त समय दिन नसक्ने जनाउँदै समझदारीबाट नै पदबाट बाहिरिने जनाए पछि समाजको बिशेष अधिवेशन बाट नयाँ कार्यसमिति चुन्ने निर्णय गरेको थियो।

करिब डेढ बर्षको अबधि काम गरेको निबर्तमान कार्यसमितिले पेरिस दुताबासका प्रतिनिधि बोलाई राहदानी शिविरको संचालन, नेपालको विनाशकारी भूकम्पमा परेकालाई मद्दत गर्न आर्थिक संकलन लगायतका केहि उल्लेखनीय कार्यहरु गर्न सफल रह्यो भने सस्थालाई स्पेनको सरकारी निकायमा औपचारिक रुपमा दर्ता गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएपनि प्राबिधिक कारणले गर्दा रोकिन पुगेको थियो भने उक्त कार्यलाई नवगठित कार्यसमितिले पहिलो प्राथमिकतामा राख्दै निरन्तरता दिनुका साथै त्यसको सम्पूर्ण प्रक्रिया सकेर बुझाइ सकेको बताउँदै केहि दिन भित्र नै समाज दर्ता हुने जानकारी समाजका नव निर्बाचित अध्यक्ष रितेश श्रेष्ठले जनाएका छन्।

नवगठित कार्यसमितिलाई सर सरती हेर्दा नेपालीहरुको बसोबास रहेका कोस्टाब्लान्काका प्रायजसो भागबाट प्रतिनिधित्व भएको देखिन्छ भने विभिन्न नयाँ पदहरु थप गरेरै भएपनि सबैलाई समेट्न खोजिएको हुदाँ बिगतको कार्यसमितिले कोस्टाब्लान्काको सम्पूर्ण भागमा रहेका नेपाली समुदायको प्रतिनिधित्व नगरेको तथा समाजले आयोजना गरेका हरेक कार्यक्रम एकै ठाउँमा मात्र सिमित हुनाले सबैलाई समेट्न नसकेको भन्ने जनगुनाशोलाई दुर गर्न सफल रहोस भन्ने शुभकामना।

तपाईको प्रतिक्रिया