कास्की सेवा समाज स्पेनद्वारा ज्ञानोदय प्राबिलाई २ लाख ५५ हजार रुपैयाँ सहयोग


पोखरा/कास्की सेवा समाज स्पेनले विद्यालयलाई नगद सहित स्टेशनरी सामाग्री वितरण गरेको छ । कास्कीको लुम्ले गाविस ४, हाइजुङ्ग स्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयलाई २ लाख ५५ हजार ५ सय ५५ रुपैया र ४० हजार बराबरको स्टेशनरी सामाग्री वितरण गरेको छ ।

गत श्रावण १३ गते गएको पहिरोले क्षतिग्रस्त भएको विद्यालयलाई राहत वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं कास्की सेवा समाज स्पेनका महासचिव विशाल ढुंगानाले रकम विद्यालयका प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईलाई हस्तान्तरण गर्दै मानविय सेवामा सम्पुर्ण जनताको ध्यान जानुपर्ने र अन्य यस्ता शैक्षिक समाजमा सक्दो सहयोग गर्नुपर्ने जसले विदेशमा बसेर पनि आफ्नो समाज, गाँऊ विद्यालयमा सहयोग गरेमा मात्र विकासको रुप लिने उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की सेवा समाज स्पेनका सदस्य कमल भण्डारी, समाधान राष्ट्रिय दैनिकका महेन्द्र ढुंगाना लगायतले कार्यक्रममा आ–आफ्नो भनाई राखेका थिए ।12208756_1098047660220333_8816137218274283111_nस्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ सुवेदीले र सञ्चालन विद्यालयका प्र.अ.सदाखर पौडेलले गरेका थिए । विद्यालयमा हाल ६५ जना विद्यार्थी, ६ जना शिक्षक शिक्षिका छन् । २०४९ सालमा स्थापना भएको विद्यालयको पक्की भवन पुर्ण रुपमा क्षती भएको र हाल टिनका पाताबाट अस्थायी कक्षा कोठा बनाएर पठनपाठन सुरु गरिएको छ ।