उपप्रधानमन्त्री कमल थापाले भारतलाई यसरी दिए कडा जवाफ (भिडियो हेर्नुहोस् )


उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल गम्भिर र संवेदनशिल अवस्थामा रहेको जानकारी अन्तराष्ट्रिय समुदायलाई गराएका छन् ।

उनले संयुक्त राष्ट्रसंघको जेनेभामा मानवअधिकार सम्बन्धी २३ औं विश्वव्यापी आवधिक समिक्षा (यूपिआर) बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै बुधबार राती सो कुरा बताएका हुन् । उनले त्यहाँ नेपालको समग्र मानवअधिकारको अवस्थाबारे समेत जानकारी गराएका थिए ।

 कमल थापाले के – के भने ?

कुनै पनि नाममा सप्लाइ लाइन र आपूर्तिमा अवरोध स्वीकार्य छैन । भूपरिवेष्ठित देश नेपालका लागि यो गम्भीर विषय हो । तेललगायतका अत्यावश्यकीय वस्तुहरुको आपूर्ति रोकिँदा शैक्षिक संस्थाहरु बन्द भएका छन् । उद्योगहरु बन्द भएका छन्, पर्यटनमा असर गरेको छ ।अर्थतन्त्र धरासायी भएको छ । भूकम्पले ७ खर्ब क्षति गरेको अनुमान छ । तर, साढे २ महिनाको यो संकटले साढे ५ खर्बको क्षति भएको छ ।

नेपाल जस्तो देश कसरी चलिरहेको छ, कल्पना गर्न सक्नुहुन्छ । दसैं जस्तो चाडमा हामीले खाना पकाउने ग्यास पाएनौं । सवारी साधन १० प्रतिशत मात्र चलेका छन् । के यो न्यायपूर्ण छ ? के नेपाललाई आफ्नो संविधान आफैं जारी गर्ने अधिकार छैन ? यदि म धेरै भावुक भएँ भने माफ गर्नु होला । तर, यो हामी कसरी प्रभावित छौं भन्ने हो

भिडियो

तपाईको प्रतिक्रिया