ग्यास पाईन्छ रे भन्ने हल्लाको भरमा पनि, उपभोक्ताको लामो लाईन


कृष्ण रानाभाट/ पोखरा 
पोखरामा विहिबार पनि ग्यास पाईने आसमा शक्ति ग्यासका ग्राहक विहानैदेखि लाईनमा वसेका छन् । उनिहरु ग्यास पाईन्छ रे भन्ने हल्लाको पछि लागेर लाईनमा वसेका हुन्। लाईनमा वसेका कसैलाई पनि ग्यास कहिले पाईने र कति वाढ्दै छ भन्ने थाहा नै छैन्।

पोखरा नयाँवजारस्थित पोखरा प्रर्दशनी स्थलमा हिजो बुधबार गृहलक्ष्मी ग्यासका ४५ सय ग्राहकले राती ८ वजेसम्म लाईनमा वसेर ग्यास किनेका थिए। विहिबार विहान १० वजे ग्यासको सिलिन्डर सहित उपभोक्ताको लाईन प्रदर्शनी क्षेत्रको गेटबाट नयाँवजारको रासस कार्यालयसम्म आएको थियो। लाईनमा ग्यास सिलिन्डर थप्दै जाने क्रम पनि वढिरहेको छ।

कसैकसैले भने लेखनाथमा ग्यास वितरण भईरहेको र पोखरामा पनि त्यस लगतै बाढ्ने खबर पाएकोले लाईनमा वसेको वताएका छन्। त्यसै गरी बिहिबारबाट कालिका पेट्रोल पम्पले सक्रिय पत्रकारलाई तेल दिन थालेको छ।

unnamed-11हिजो बुधबार पत्रकार महासंघ कास्कीको नेतृत्वमा पत्रकार संघ संस्थाका प्रतिनिधिसंगको सहमति अनुसार पेट्रोल वितरण गरेको हो। तर हिजो एक हप्ताको लागि पाँच लिटर दिने भएको सम्झौता भएको भएता पनि चार लिटरमात्र वितरण गरिएको थियो।