डेनमार्कबाट पनि पुर्व महामन्त्री रायमाझीको उपचारार्थ सहयोग ।


जनसम्पर्क समिति डेनमार्क र डेनमार्कमा रहेका सामाजीक व्यक्तित्वहरुको पनि पहलमा सहयोग संकलन 

कोपनहेगन । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विधार्थी संघका पुर्व महामन्त्री उमेशजंग रायमाझीको उपचारार्थ जनसम्पर्क समिति डेनमार्क र डेनमार्कमा रहेका सामाजीक व्यक्तित्वहरुको पनि पहलमा सहयोग संकलन गरिएको छ ।  रायमाझीको सहयोगार्थ विश्वभरी नै नेपालीहरुले सहयोग अभियान चलाएका थिए । विदेश स्थित जनसम्पर्क समितिहरुको सक्रियतामा दुइ करोड जुटाउन लागि परेकै बेला डेनमार्कबाट नेपालीहरुले मनदेखि सहयोग गरेका छन् । हाल रायमाझीको कलेजो प्रत्यारोपण सल्यक्रिया सफल भएको छ र सोको लागि दुइ करोड नेपाली रुपैंया लाग्ने बताइएको छ ।

एक महिना अघि देखि सहयोग संकलन अभियान चलाइएकोमा अभियान सफल रहेको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्यले बताए ।

जनसम्पर्कले १३ हजार बत्तीस क्रोनर अर्थात २ लाख तीन सय एक नेपाली रुपैंया सहयोग संकलन गर्न सफल भएको थियो । सहयोग संकलित रकम नेपालमा कांग्रेस केन्द्रिय सदस्यहरु धनराज गुरुङ र गुरु राज घिमिरेलाई हस्तान्तरण गरिएको जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष दिपक राज रिजालले बताए । संकलित रकम जनसम्पर्क समितिका पुर्व सदस्य रमेश काफ्लेले स्थित पार्टी केन्द्रिय कार्यालयमा उपस्थिति भइ केन्द्रिय सदस्यहरु गुरुङ र घिमिरेलाई बुझाएका थिए ।

Screen Shot 2015-11-04 at 08.53.54

यस्तो सहयोग संकलन अभियान आवश्यक परेको खण्डमा जनसम्पर्कले गर्दै आएको र राष्ट्रिय महत्वका विषय र व्यक्तीहरुको सहयोगको लागि जनसम्पर्कले बेलाबेलामा सहयोग अभियान गर्दै आएकोले यसपटक पनि यो अभियान चलाइएको जनसम्पर्क समितिका महामन्त्री बुद्धि सापकोटाले बताए ।

Screen Shot 2015-11-04 at 08.53.36

रायमाझीका आफन्त पर्ने भाइ कल्याण रायमाझी पनि डेनमार्कमा बसोबास गर्ने भएकोले उनी आँफै पनि यो अभियानमा सक्रिय रहेका थिए । अध्यक्ष नवराज आचार्यले बताए अनुसार यो अभियानमा पार्टीगत भन्दा बाहिर रहेका व्यक्तीहरुले पनि सहयोग गरेका थिए । सहयोग गर्ने सबैलाई जनसम्पर्क समितिले हार्दिक आभार व्यक्त गरेको छ । सहयोगी दाताहरुको नावावली यसप्रकार रहेको छ ।

१.शैलु अधिकारी  २०१ क्रोनर
२. राजेन्द्र पौडेल १५१ क्रोनर
३. सोमनाथ सापकोटा  १०१ क्रोनर
४. डिलाराम कडेल ३०१ क्रोनर
५. सुरेन्द्र अमगाई १०१क्रोनर
६. नारायण मिश्र १५१ क्रोनर
७. मोहन राज मिश्र  २००क्रोनर
८. दिपेन्द्र चुडाल २०१क्रोनर
९. राम चन्द्र पाठक २०० क्रोनर
१० बुद्धि सापकोटा १०१ क्रोनर
११. नबिन  पौडेल  १५१ क्रोनर
१२ . लोकेन्द्र  साउद १५१क्रोनर
१३. संदेश श्रेष्ठ १२५ क्रोनर
१४. नबिन आचार्य ५०० क्रोनर
१५. दिपक राज रिजाल ३०० क्रोनर
१६. यादब बस्नेत २०१ क्रोनर
१७. विनाय कुमार खतिवडा १५० क्रोनर
१८. मणि भद्र सुबेदी १०५ क्रोनर
१९. दिपक बस्नेत १५१ क्रोनर
२०. रमेश काफ्ले  १०१ क्रोनर
२१.प्रकाश ढकाल १०१ क्रोनर
२२. कृष्ण गिरि १५१ क्रोनर
२३. रमेश घिमिरे १०१ क्रोनर
२४ तारणी प्रसाद जोशी १०१ क्रोनर
२५. कुल राज सापकोटा २०१ क्रोनर
२६. सुबोर्ण गौतम १५१ क्रोनर
२७, यामलाल सुबेदी  ३०१ क्रोनर
२८. वीरेन्द्र सिंह कार्की  ३०० क्रोनर
२९.निर्बान काफ्ले १२० क्रोनर
३०. प्रसान्त राज बानिया १०१ क्रोनर
३१. अशोक शर्मा १०१ क्रोनर
३२. नविन श्रेष्ठ १०० क्रोनर
३३.रुपक अर्याल १०० क्रोनर
३४. उद्वव सिग्देल १०० क्रोनर
३५ सरोज राय १०० क्रोनर
३६. बिकु भण्डारी २५१ क्रोनर
३७. रमेश अधिकारी १०१ क्रोनर
३८ गिरि कडेल २०० क्रोनर
३९. दिपेन्द्र वीस्ट २०० क्रोनर
४०. इशान मान सिंह अधिकारी १००० क्रोनर
४१. नील काजी थापा १५० क्रोनर
४२. महेश खत्री १५० क्रोनर
४३.कल्याण रायमाझी १००० क्रोनर
४४. शिब चापागाईं २०० क्रोनर
४५. पंकज नेपाल २०० क्रोनर
४६. आकाश खड्का २०० क्रोनर
४७. दीपक तिवारी २०१ क्रोनर
४८. दिपक सापकोटा २०० क्रोनर
४९. हेम प्रसाद  अर्याल ३०० क्रोनर
५०. गौरव मर्हजन १५१ क्रोनर
५१. निरज पौडेल १०० क्रोनर
५२. पूर्ण बन्धन १५० क्रोनर
५३. राम प्रसाद कडरिया १५०क्रोनर
५४. बिमल भण्डारी १०० क्रोनर
५५. उत्तम निरौला १०१ क्रोनर
५६. लक्ष्मी पाण्डे १५० क्रोनर
५७. दिपेन्द्र चौधरी १०० क्रोनर
५८. बिकाश सिटौला १५० क्रोनर
५९. पुजन श्रेष्ठ  ५० क्रोनर
६० टी. पी. पाण्डे १०० क्रोनर
६१ राधा कृष्ण सापकोटा १०० क्रोनर
६२. टेकनाथ सिवाकोटी १०५ क्रोनर
६३. कपिल के.सी. १०० क्रोनर
६४. नित्यानन्द तिमिल्सिना १०० क्रोनर
६५.नारायण चापागाईं १०० क्रोनर
६६. पदम छन्त्याल १०० क्रोनर