हृयुमन राइट्स काउन्सिलको बैठक भईरहँदा,नाकाबन्धी बिरुद्द जेनेभामा प्रदर्शन हुने


स्पेन/ भारतले नेपालमा अघोषित रुपमा नाकाबन्धी गरेर जनजीवन कष्टकर भईरहेको बेला नेपालीहरुले जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालय अगाडी प्रदर्शन गर्ने भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हृयुमन राइट्स काउन्सिलको बैठक भई रहँदा,भारतीय नाकाबन्धी बिरुद्द प्रदर्शन हुने भएको हो। यस अघि पनि स्विसबासी नेपालीहरुले प्रदर्शन गरेका भए पनि,अहिलेको प्रदर्शनले बिश्व समुदायको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

मानवअधिकारको अवस्थाबारे छलफल हुने बैठकमा भाग लिन जेनेभा आई पुगेका उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापाले पनि भारतले गरेको अघोषित नाकाबन्धी बारे बिश्व समुदाय माँझ राख्ने अपेक्षा गरिएको छ।

बिहिवार राष्ट्र संघ कार्यालय अगाडी हुने प्रदर्शनमा नाकाबन्दिको बिरोधमा प्लेकार्टहरु देखाईने भएको छ। नेपालबाट आएका संयुक्त राष्ट्र संघका लागि प्रतिनिधीहरु, मानव अधिकारवादीहरु पनि बिरोध प्रदर्शनमा सहभागी हुने बताईएको छ।

परराष्ट्रमन्त्री थापाले नाकाबन्धीको बारे बैठकमा ध्यानआकार्षण गराएमा र नेपालीहरुले शान्ति पूर्ण प्रदर्शन गर्दै बिश्वका बिभिन्न मुलुकहरुबाट प्रतिनिधिहरुलाई जानकारी गराउन सके,अघोषित नाकाबन्धी बारे अन्तराष्ट्रियकरण गर्न सकिने धेरैले अनुमान रहेको छ।