बार्सिलोना तताएका राजेशपायलले म्याड्रिड पनि घन्काउँने


स्पेन/ गत साता स्पेनको बार्सिलोनामा कार्यक्रम सकेर डेनमार्क पुगेका गायक राजेशपायल राई दोस्रो कार्यक्रमका लागि पुन: स्पेन आउँने भएका छन्। राजधानी मड्रिडमा आयोजित दोस्रो कार्यक्रममा सहभागी हुन पुन: स्पेन आउँन लागेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिती म्याड्रिडले आगामी आईतबार दशैतिहार बिशेष कार्यक्रमको आयोजना गरेको छ।
यो सँगै गायक राई स्पेनमा एकै पटक दुई ठुला शहरमा प्रस्तुती राख्ने पहिलो गायक बनेका छन्।

यस अघि राष्ट्रिय स्तरका कलाकारहरु आउँदा प्राय बार्सिलोनामा मात्र कार्यक्रमहरु आयोजना हुँदै आएका छन्। संघले कार्यक्रममा उपस्थित हुन  स्पेन स्थित सम्पूर्ण नेपालीहरुलाई बिशेष अनुरोध गरेको छ। बार्सिलोनाको कार्यक्रममा गायक राईले नाइँ नभन्नु ल,सागर सरी,ठुली,दर्शन नमस्ते,फैलियो माया,शिरै फुल,फुलै फुलको मौसम तिमीलाई लगायत दर्जनौ गीत सुनाएका थिए।

कार्यक्रम बारे पूर्ण जानकारी
मिति– ०८ नोभेम्बर,०१५
समय – अपरान्ह ४ बजे देखि
स्थान- calle paseo de los melancolicos 11, 4th floor
Metro: puerta de toledo L5
टिकट दर – प्रतिब्यक्ति २० युरो
जोडीमा भए – ३० युरो
१० देखि १८ बर्षको हकमा:- १० युरो
निशुल्क : १० बर्ष मुनिका बालबालिकाहरुलाई
खाना:- क्याटरिङ्ग दिवाली रेष्टुरेन्टबाट

बार्सिलोनामा कुन कुन गीत गाएका थिए भिडीयो हेर्नुहोस्।