जानुकाले गरिन् छोराको पास्नीको रकमले,भूकम्प पिडितलाई सहयोग (भिडियो सहित)


बसन्त रानाभाट स्पेन/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनकी प्रथम महिला उपाध्यक्ष जानुका रेग्मी खनालले छोराको पास्नी मा उठेको रकमले भूकम्प पिडितलाई सहयोग गरेकी छन्। गोर्खा नगर पालिका बडा नम्बर ९ निबासी ७५ बर्षिय मित्र बहादुर ढुंगानाको घर मर्मत गर्न सहयोग गरेकी हुन्।

बैशाख १२ गते गएको भूकम्पमा परी ढुंगानाको २ तले घर भत्केको थियो। तर रेग्मीले आर्थिक सहयोग गरेर मर्मत गरे पछि ढुंगानाको घर अहिले बस्न योग्य बनेको छ।

केहि महिना अगाडि सम्पन्न छोराको पास्नी भोजबाट संकलन भएको ६२ हजार रुपैयाँ उनले नेपाल पठाएकी थिईन्। उनकै सहयोगमा आँफु पढेको बिद्यालय श्री रत्न राज्य उच्च माध्यमिक बिद्यालयका छात्रछात्राहरुलाई स्टेशनरी सामान पनि बितरण भएको छ। कक्षा १ देखि ५ कक्षा सम्ममा १२० जना बालबालिकाहरुलाई सागाग्रीहरु बितरण भएको हो।

धेरै ठुलो आर्थिक सहयोग त हैन तर सबैले थोरै थोरै सहयोग गर्न सकियो भने पनि कसैलाई राहत मिल्छ भन्दै जानुका भन्छिन्,” बालबच्चाको जन्मदिन,पास्नी यस्तै बिबिध कुरामा खर्च हुने रकम वा संकलन भएको रकम केहि बर्ष सबैले आफ्नो गाउँ ठाउँका लागि छुट्टाउ भन्ने लागेर मैले पनि सहयोग गरेकी हुँ।”

गोर्खा पुगेर नै ढुंगानाको घर मर्मतका लागि खटिएका स्पेन निबासी गोपाल रेग्मीका अनुसार ७५ बर्षिय मित्र बहादुरले सहयोगको लागि आभार प्रकट गरे। ढल्कदो उमेर त्यस माथि भूकम्पले क्षतविक्षत पारेको मनलाई उनले थाम्न सकेनन्,बस्ने ओत पाएकोमा खुशी हुँदै आशिष दिए।

गाउँ पुगेका रेग्मीले आफ्नो घर मात्र हैन छिमेकीका समेत गरि ५ बटा स्थायी टहरा बनाई स्पेन फर्किएका छन्।

प्रकाश तिवारीले तयार पारेको एक भिडियो रिपोर्ट समेत हेर्नुहोस्।