एनआरएन स्पेनको, नियमित बैठकका निर्णयहरु


प्रेस नोट

आज मिति ०१-११- २०१५ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको नियमित बैठक संघको अध्यक्ष श्री मुक्त बहादुर गुरुङ को अध्यक्षतामा बसी बैठकमा उठेका विभिन्न प्रस्ताब उपर छलफल गरी निम्न निर्णय गर्दै सम्पन्न भयो |
संघको विश्व सम्मेलन अक्टोबर १४-१७ पश्चात निबर्तमान हुनुभएका स्पेनका अन्तराष्ट्रिय समन्वय समिति सदस्य श्री दिपक खरेल ज्यु लाइ वहाको सफल कार्यकालको स्मरण गर्दै अध्यक्ष मुक्त गुरुङ र आइ सी सी सदस्य एक राज गिरी ज्यु ले खादा ओडाएर सम्मान गरे पश्चात नव नियुक्त आइ सी सी सदस्य श्री एकराज गिरी ज्यु लाई अध्यक्ष्य र निवर्तमान आइ सी सी सदस्य श्री दिपक खरेलले खादा ओडाएर स्वागत गर्दै वहाको कार्यकालको शुभकामना ब्यक्त गर्दै शुरु भएको बैठकमा बिजयदशमी तथा दिपावली को अवसरमा एन आर एन एन स्पेनले गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम को समिक्षा गरियो |

त्यसक्रममा बोल्ने सम्पूर्ण संघ संस्था का पदेन तथा आमन्त्रित सदस्यहरु, संघका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु लगायत पत्रकारहरुले कार्यक्रमको समीक्षा गर्दै आ आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम मा भएका गल्ति कमी कमजोरी हरुलाई आगामी कार्यक्रम हरुमा सुधार्दै लैजाने गरी तयारी समितिका संयोजक तथा कार्यक्रमको अध्यक्षता गर्नु भएका राजु समशेर थापा लाइ बिशेस धन्यबाद दिदै उपसमितिका सम्पूर्ण साथिहरु जानुका रेग्मी बिनिता, राम प्रसाद सापकोटा “बिराज”, सुबाश रानाभाट, सीता सिंह, दिपक क्षेत्री, पेशल कुमार कोइराला, तुलसी सिवाकोटी, अशोक नेपाल सुनिल रानाभाट लाइ धन्यबाद दिइयो |

यसैगरी एन आर एन स्पेनले हरेक बर्ष झैँ यस बर्ष पनि शुभ दिपावलीको अवसरमा ” दिपावली कप फुटबल “०८-११-२०१५ मा गर्ने निर्णय भए अनुरुप संघको कार्यालय उद्घाटन तथा फुटबल प्रतियोगिताको लागी एन आर एन युरोप संयोजक श्री कुल आचार्य ज्यु लाइ प्रमुख अतिथिको रुपमा निमंत्रणा गर्ने निर्णय गर्दै संघको कार्यालय उद्घाटन ८-११-२०१५ दिनको ११ बजे प्रमुख अतिथि श्री कुल आचार्य , संघका अध्यक्ष मुक्त गुरुङ तथा आइ सी सी सदस्य एकराज गिरी ज्यु ले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको हुँदा संघले कार्यसमिति, सल्लाहकार, संघका पदेन तथा आमन्त्रित सदस्यहरु, पत्रकार, ब्यबसायी लगायत समस्त स्पेनबासी नेपालीहरुमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछ साथै फुटबल प्रतियोगीतामा महिला तथा बच्चा समुहको समायोजन तथा् समन्वय गर्न का लागी संघका उपाध्यक्ष जानुका रेग्मी बिनिता लाइ प्रतिनिधि बनाउने निर्णय गरियो |

पश्चिम नेपालको बिकट जिल्ला मुगुबासी महिलाहरुको फुटबल खेलप्रतिको उत्साह र उनीहरुको संघर्षको कथामा आधारित डकुमेन्ट्री फिल्म “सुनकली” यही २२ नोवेम्बर २०१५ का दिन प्रदर्शन गर्नको लागी संयोजक श्री दावा ऋषी श्रेष्ठ र बसन्त रानाभाट लाई व्यापक प्रचार प्रसार तथा यस सम्बन्धी सम्पूर्ण जिम्मेबारी दिने निर्णय गरियो |
अन्त्यमा गैर आवासीय नेपाली संघ को विश्व सम्मेलनमा स्पेनको प्रतिनिधित्व गर्दै केन्द्रीय महासचिब मा उम्मेदवारी दिनुभएका संघका पूर्व आइ सी सी सदस्य तथा केन्द्रीय सल्लाहकार श्री पुष्पराज तिमिल्सिना लाइ धन्यबाद ज्ञापन गर्दै निर्बाचन परिणाम बाट बिचलित नहुन आग्रह गर्दै बैठक को समापन संघका अध्यक्ष मुक्त बहादुर गुरुंगले गर्नुभयो |
उमेश अधिकारी
महासचिब
एन आर एन स्पेन