स्पेनमा गिरीलाई स्वागत खरेलको बिदाई


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीलाई स्वागत तथा निर्बतमान सदस्य दीपक खरेललाई बिदाई गरिएको छ। राष्ट्रिय समन्वय परिषद स्पेनको नियमित बैठकमा दुवैलाई खादा लगाई स्वागत तथा बिदाई गरिएको हो। संघको नियमित बैठकमा अध्यक्ष मुक्त बहादुर गुरुङ्ले दुवै जनालाई खादा लगाएर सम्मान गरे।

गैर आबासीय नेपाली संघको सातौ अधिबेशनबाट अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा जिम्मेबारी पाएका एक राज गिरीले एनआरएन अभियानमा पूर्ण रुपमा लाग्ने प्रतिबद्दता ब्यक्त गरे। राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा रहँदा पनि स्पेनबासी नेपाली समुदाय,संघ सस्थाहरुले आँफूलाई पूर्ण रुपमा साथ दिएको बताउँदै उनले आगामी दिनमा यसरी नै सहकार्य गर्दै अगाडि बढ्ने बताए।

निर्बतमान सदस्य दीपक खरेलले आँफू पदमा रहे पनि नरहे पनि सधैँ गैर आबासीय नेपालीहरुको साथमा रहेको बताउँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरे। स्पेनको नेपाली समुदायबाट काम गर्ने उत्प्रेरेणा मिलेको बताउँदै सधै समुदायको हितका लागि नै समय खर्चने प्रतिबद्दता ब्यक्त गरे।

आईसीसी सदस्यको रुपमा खरेलले (२०१३- २०१५) को अबधि सम्म काम गरे भने गिरीले (२०१५- २०१७ ) का लागि जिम्मेबारी पाएका छन्। संघका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न नियमित बैठकको संचालन महासचिब उमेश अधिकारीले गरेका थिए।