‘सुनकली’लाई युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड


स्पेन/ मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इटलीको मिलानमा आइतबार सम्पन्न ३३ औं मिलानो इन्टरनेश्नल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मनोमनमा परेका ६ वटा फिल्महरुलाई उछिन्दै मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो । ५३ देशका डेढ सयबढी फिल्महरु यस फेस्टिबलमा प्रर्दशनी गरिएको थियो ।

आइतबार अपरान्हको मिलान–समापन समारोहमा फेडेरेशन अफ इन्टरनेश्नल सिनेमा टेलिभिजन स्पोर्टस् (फिक्स्ट)का अध्यक्ष फ्रान्को अस्कानीले ‘सुनकली’का निर्देशक भोजराज भाटलाई विजेता ट्रफी हस्तान्तरण गरेका थिए । विभिन्न सात विधामा उत्कृष्ट भएका विजेता निर्देशक र भीआईपी पाहुुनालाई इटालियन सेनाले राष्ट्रिय गीतको धुन बजाएर स्वागत गरेको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट मान्यताप्राप्त फिक्स्ट फेस्टिबलले वर्षेनी विभिन्न १६वटा मुलुकमा स्पोर्टस् फिल्म फेस्टिबल गर्ने गर्छ । र, सबैतिर फेस्टिबल गरिसकेपछि वर्षको अन्त्यमा इटलीको मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनौट गरी फिक्स्ट फेस्टिबल आयोजना गर्ने चलन छ । फिक्स्टको ग्राण्ड फाइनलमा पुरस्कृत भएका फिल्महरुलाई १६ वटै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा रिले गर्ने आयोजकले बताएका छन् ।unnamed-7“फिक्स्टजस्तो ओलम्पिक कमिटिबाट मान्यताप्राप्त फेस्टिबलमा मनोनयनमा पर्नुु नै ठूूलो उपलब्धि हो,” पुुरस्कार थापेपछि पत्रकार÷निर्देशक भोजराज भाटले भने, “मनोनयनमा परेका अन्य फिल्म हेर्दा हामीले मुख्य ट्रफी पाउँछौं जस्तो लागेको थिएन, तर जब पुरस्कार समारोहमा सुनकलीको भिडियो देखाएर मुख्य अवार्ड पाएको घोषणा गरियो, निकै खुशी लाग्यो । त्योभन्दा ठूलो कुरा, नेपाली डकुमेन्ट्री सुनकलीलाई अब संसारभर फिजाउने सुनौलो अवसर पाका छौं।”

झण्डै ५०० जना विशिष्ट पाहुना आमन्त्रित पुुरस्कार वितरण समारोहमा सुनकलीको नाम घोषणा गरिएपछि सबै उठेर निर्देशक भाटलाई ताली पिटी बधाइ दिएका थिए । “प्रविधिका हिसाबले अन्य फिल्म निकै गुणस्तरीय थिए, उनीहरुको लगानी १० करोड रुपियाँ बढी थियो । निकै न्युन लगानीमा बनेको सुनकलीलाई जुरीले अवार्ड दिदा कथा र विषयवस्तुलाई पनि साच्चिकै कदर हुँदो रहेछ भन्ने महसुस भयो,” निर्देशक भाटले आफ्नो अनुभव सुनाए ।unnamed-5५० मिनेट लामो उक्त डकुमेन्ट्रीमा पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरुको फुटबल कथालाई उतारेका छन् । निर्देशकका भाटका अनुसार, ‘सुनकली’ मा फुटबललाई केवल माध्यम बनाइएको छ, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।

यसैबीच सुनकलीले गत साता जर्मनमा सम्पन्न वग्र्ग फिल्म फेस्टिबल–टिजेन्जी २०१५मा माउण्टेन एण्ड कल्चर विधामा एक हजार युरो नगदसहित प्रथम पुरस्कार हासिल गरेको थियो । माउण्टेन विषयवस्तुका झण्डै डेढ सय फिल्महरु सहभागी भएको उक्त फेस्टिबलमा सुनकली कथा विशुद्ध नौलो र सबैलाई प्रेरणादायी भएकोले पुरस्कृत गरिएको आयोजकले बताएका थिए ।

जर्मनी र इटली गरी सुनकलीले अहिलेसम्म आठ वटा अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरिसकेको छ । केही समयअघि अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेश्नल फिल्म फेस्टिबलमा नेपाली डकुमेन्ट्री ‘सुनकली’ ले ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’ पाएको थियो ।unnamed-6गत मंसिरमा सम्पन्न काठमाडौं इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टिबल ‘किम्फ’ को १२ औं संस्करणको पहिलो ओपनिङका रुपमा ‘सुनकली’ को ‘वल्र्ड प्रिमियर’ भएको थियो ।

किम्फमा ‘सुनकली’ ले एक हजार अमेरिकी डलरको इसिमोड अवार्ड र जुरी अवार्ड पनि पाएको थियो । त्यसलगत्तै ‘सुनकली’ ले स्लोभानियाको ‘माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा’ मा जुरी अवार्ड र टोरन्टो नेपाली फिल्म फेस्टिवलमा १ हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड जितेको थियो ।

गत जेठमा सम्पन्न पाकिस्तान इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टिबल (पिम्फ)ले पनि ‘सुनकली’ लाई फेस्टिबलकै उत्कृष्ट डकुमेन्ट्री अवार्ड दिएको थियो । सम्भवतः नेपाली डकुमेन्ट्रीको इतिहासमा सबैभन्दा बढी अवार्ड पाउने डकुमेन्ट्री सुनकलीको नाम दरिएको छ ।

‘सुनकली’मा प्रकाश केसी, जीवन श्रेष्ठ, मनोज महर्जन र निर्देशक भाट स्वयम्ले छायाँकन गरेका थिए । यसको सम्पादन भरत रेग्मीले गरेका हुन् । र, यसको ब्याकग्राउण्ड म्युजिक चर्चित कुटुम्ब व्याण्डले भरेको हो ।

यो महिनामा मात्र सुनकलीको युरोपमा मात्र दर्जनजति फिल्म फेस्टिबलमा प्रर्दशनी हुुँदैछ । माउण्टेन विधाका फिल्महरु प्रर्दशनी गर्ने संसारकै टप ३ मा गनिने बेलायतको केण्डल माउण्टेन फिल्म फेस्टिबलमा पनि सुनकलीले प्रतिष्पर्धा गर्दैछ । अल्जजिरा इन्टरनेश्नल डकुमेन्ट्री फिल्म फेस्टिबलदेखि इरानीयन डकुमेन्ट्री फिल्म फेस्टिबललगायत डेड दर्जन फेस्टिबलमा सुनकलीको छनौट भइसकेको छ ।

“साधारण विषयवस्तुुलाई मिहिनतवरमा फ्लोअप गरेपछि उत्कृष्ट डकुुमेन्ट्री बन्दोरहेछ भन्ने ज्वलन्त उदाहरण बनेको छ सुनकली,” निर्देशक भाट भन्छन्, “पहिले विनाशकारी महाभूूकम्पको चपेटा र अहिले भारतीय नाकाबन्दीको अभावलगायतका नकारात्मक समाचारले अग्रता पाइरहेका वेला सुनकलीले अन्तर्राष्ट्रियजगतमा सकारात्मक सन्देश गर्न पाउँदा निकै गर्व लागेको छ ।”

निर्देशक भाटसँग सुनकलीबारे गरिएको संवाद हेर्न यहाँ क्लिक गर्नुहोलाः