युरोप संयोजक कुल आचार्य स्पेन आउँदै


स्पेन/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक कुल आचार्य स्पेन आउँने भएका छन्। गत अक्टोबर सम्पन्न अधिबेशनबाट संयोजकमा निर्बिरोध निर्बाचित भए पछि आचार्य पहिलो पटक स्पेन आउँन लागेका हुन्।

उनलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यालय उद्घाटन एबम दिपावली कप फुटबलको प्रमुख अतिथिको रुपमा संघले आमन्त्रण गरेको छ। बेलायतबासी आचार्यले संयोजकको जिम्मेबारी सम्हाले पछि, पुग्ने पहिलो राष्ट्रिय समन्वय परिषद स्पेन हुने भएको छ।

नोभेम्बर ८ तारिक आईतबार बिहान कार्यलय उद्घाटन र दिउँसो दिपावली कप फुटबल प्रतियोगिताको आयोजना गरेको संघले जनाएको छ।स्पेनमा कार्यलय स्थापना गर्न लागि ११ हजार १ सय ९९ युरो संकलन भएको थियो।

धेरै समस्याहरु भोग्दै आएका स्पेनबासी नेपालीहरुले,आफ्नो समस्या र दुख पोख्ने ठाँउ समेत नभएको गुनासो गरेकोले, संघले कार्यालय स्थापना गर्न लागेको हो।नेपालीहरुलाई पर्ने विभिन्न समस्याको सहि रुपमा सम्बोधन गर्न सर्बसाधारणका आवाज र गुनासोहरुलाई सुनेर सम्बोधन गर्न कार्यलय जरुरी रहेको संघको ठहर छ।

नेपालबाट भर्खर स्पेन आएका नेपाली बालबालिकाहरुले स्पेनिस भाषा बोल्न नजान्ने, फेरि यतै जन्मेका नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्न र पढ्न नजान्ने हुँदा, नेपाली पाठशालालाई ब्यबस्थित गर्न कार्यलय भएँ पछि सजिलो हुने देखिएको छ।