रियल मड्रिड र बार्सिलोना विजयी, लिगामा पहिलो र दोस्रो स्थानको अग्रता


स्पेनिस ला लिगा फुटबलमा शीर्ष दुई क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् ।शनिबार राति भएको खेलमा रियल मड्रिडले लस पल्मासलाई ३-१ ले हराएको छ । मड्रिडले खेलको चौथो मिनेटमा नै इस्कोको गोलबाट अग्रता रिएको थियो ।

१४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले र ३८ औं मिनेटमा पल्मासले एक गोल फर्कायो ।
तर, ४३ औं मिनेटमा जोसे गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन ।

अर्को खेलमा बार्सिलोनाले भने गेटाफेलाई २-० ले पराजित गर्दै अंक बराबरी गरेको छ । बार्सिलोनाले ३७ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । दोश्रो हाफमा खेलको ५८ औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे र बार्सिलोना २-० ले विजयी भयो ।

12189505_10153899916094305_7035817247672576636_oजितपछि रियल मड्रिड र बार्सिलेननाको समान १० खेलबाट २४ अंक छ । गोल अन्तरका आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा छ ।सिजनमा मड्रिडले अपराजित यात्रा जारी राखेको छ तर ३ खेलमा बराबरी हुँदा ६ अङ्क गुमायो। यता बार्सिलोना कुनै पनि खेलमा बराबरी गरेको छैन तर २ खेलमा हार व्यहोरेकोले मड्रिड सँग अङ्क बराबर भएको हो।