दीपक राज गिरीले उपेन्द्र यादवलाई भने,” “धोती होईन सिरक ओढ्नुस्”


– दीपक राज गिरी/

उपेन्द्र यादवज्यूलार्इ मेरो चिठ्ठि………………

आदरणिय उपेन्द्र यादवजी तपाइँले भन्नु भएछ, हामीलाइृ ८ जिल्लाको लगौ‌टी होइन २२ जिल्लाको धोती चाहियो !

हुन त तपाइँ मभन्दा धेरै बौद्धिक मान्छे । म त सामान्य कलाकार मात्रै हूँ, तर तपाइँको भनार्इमा तपाइँ कहाँ चुक्नु भयाे भने २२ जिल्लाको धोती मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइँकै होइन र ?

केहि अबुझहरूलार्इ छोड्ने हो भने अहिले पहाडमा मधेसीलार्इ सम्मानै गरिन्छ, तपाइँ परराष्ट्रमन्त्री हुँदा पनि हामीले ‘मधेसको परराष्ट्र मन्त्री’ को हिसाबले बुझेनौ ।

रामवरणजी, परमानन्दजीलार्इ राष्ट्रपतिकाे हिसाबमा झुकेर सलाम गर्याैं। मेरो र मेरी छोरीको कति साथिहरू मधेसी छन्, घरमा आउँदा कहिले मधेसी आएको होइन आफन्त नै आएको ब्यवहार प्रस्तुत गर्ने गर्छौँ ।

तपाइँका पनि कतिपय आन्दोलन हॉक्नेहरू ले पहाडिया केटी बिहे गर्नु भएको छ, सोध्नुस् उहॉहरूलार्इ,‘काठमाण्डौले उहॉहरूलाइ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ ?’

अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७, ८ जिल्ला नै परेको अवस्थामा तपाइँलार्इ यो ८ जिल्ला कछाड लाग्यो ?

हामी पहाडका लागि पनि सुरूवाल होइन, कट्टु नै भागमा परेको छ । सबै मधेसीलार्इ एउटै मधेस, सबै पहाडियालार्इ एउटै पहाड चाहिएको थियो भने संघियतामा जाने निर्णय किन गर्नु भयो ? एउटै नेपाल (सिरक र डस्ना) नै थियो नि ! आफ्नो पवित्र भूमि, जहॉ जानकी मन्दिर पनि पर्छ । त्यसलाई कछाड र लगौंटी जस्ता तुच्छ वस्त्रसँग तुलना नगर्नुस् ।

राज्यको गहना भनिने तर, कुनै पनि सरकारी ठाउँमा हैसियत नराख्ने कलाकारीता गरेर हिँडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखेँ । दाउरामा पकाएको अधकल्चो भात खाएर बसको छतमा झुण्डिँदा झुण्डिँदा थकित जनतालार्इ देख्दा जे महसूस भयो, त्यो विचारलार्इ यहाँ पोखेँ । यस्तो अवस्थालार्इृ देख्दा थाम्न सकिएनर लेख्न बाध्य भएँ ।

के संविधान यी दुख पाउने जनताले लेखेका हुन् ? तपार्इँहरूले नै लेख्नु भएको हो । असफल हुनु भएको भए पनि तपाइँ नेताहरू नै भएको हो । असफल हुने तपाइँहरु, सजाय पाउने जनता ? यो कस्तो बिडम्बना हो ? त्यसैले एक चोटी विचार गरिदिनुहोला । गल्ति भए माफि चाहन्छु । ………जय मधेस, पहाड, हिमाल……….जय नेपाल ।

कलाकार दीपक राज गिरीकाे आधिकारिक फेसबुकमा पाेष्ट गरिएकाे स्टाटस

तपाईको प्रतिक्रिया