जादुमय आबाजका धनी सुमन खरेलले बीबीसीबाट बिदा लिए पछि….


बार्सिलोना/ दुई दशक लामो समय देखि नेपाली स्रोताहरु माँझ एकछत्र छाएका पत्रकार सुमन खरेलले बीबीसी नेपाली सेबाबाट बिदा लिएका छन्। समाचार वाचन शैलीबाट लाखौ स्रोताहरु माँझ एउटा छुट्टै पहिचान बनाएका खरेलले शुक्रबार साँझ देखि बीबीसीबाट बिदा लिएका हुन्।

समाचार बाचनको शैलीबाट मात्र नभई बेला बेलामा बीबीसी नेपाली सेबाले उत्पादन गर्ने चेतना मुलुक र प्रेरेणादायी कार्यक्रमहरुलाई रोचक ढंगबाट प्रस्तुत गर्ने शैलीका कारणले पनि खरेल नेपाली स्रोताहरु माँझ निकै परिचित छन्। पछिल्लो क्रममा पत्रकार खरेलले संचालन गर्ने अनौठो ब्यथा यसको ज्वलन्त उदाहरण हो।

लामो समय सम्म बीबीसीमा कार्यरत रहँदा त्यसो त उनले मन छुने थुप्रै कार्यक्रमहरु संचालन गरिसकेका छन्। निकै छोटो समयमा पनि सबै बिषय बस्तु अट्ने गरी कार्यक्रम तयारी गरी, आफ्नो जादुमय आबाजले लट्ठ पार्ने उनको बिशेषता मानिन्छ। पत्रकार खरेल साहित्य र गीत संगीत प्रति रुचि राख्ने हुँदा पनि बेला बेलामा यसै सँग नजिक रहेर कार्यक्रमहरु स्रोता माँझ ल्याउँने गर्दथे।

खरेलको बिदाई सँगै उनलाई नियमित रुपमा सुन्ने स्रोताहरु भने चिन्तित बनेका छन्। लमजुङ्ग घर भई हाल बार्सिलोना बस्दै आएका मनोज कार्की भन्छन्,”दिन भरको काम हुन्छ,राती सुत्ने बेलामा बीबीसी सुनेर मात्र निद लाग्दछ । धेरै पटक सुमन दाईको आबाज सँगै निदाएको छु। व्यक्तिगत रुपमा त चिन्दिन तर उहाँको आवाज धेरै नै मन पर्छ, अब त्यो आबाज सधैँ मिस भई रहने छ।”

स्रोताहरुले न्यास्रो मानिरहेका बेला पत्रकार खरेलले पनि बीबीसीमा अन्तिम पटक बोल्दै आँफुलाई पनि दुख लाई रहेको बताए। उनका सहकर्मी जितेन्द्र राउतसँग बिशेष कुराकानी गर्दै खरेलले आफ्नो अनुभूति सुनाए, ‘एक हिसाबले दुख लागिरहेको छ,२२/२३ वर्ष बसेको घर छोडेर आज फर्किनुपर्दाखेरि। कताकता मनमा अलिकति नियास्रो, अलिकति दुखचाहिँ अवश्य छ।” तर उनि भन्छन्- ‘नाम कमाएँ, त्यही नै मेरो सन्तुष्टि हो’

पत्रकार खरेलले अन्तिम पटक यहिँ अक्टुबर ३० मा बीबीसी साँझपखको कार्यक्रममा बोले। विश्वसमाचार पढेर सुरु गरेका उनले अन्त्य पनि त्यहिँ वाट नै गरे। खरेललाई आफ्ना जीवनका अनुभूति साट्ने मौका पनि बीबीसी नेपाली सेबाले दिएको थियो।

उनले सन् १९९२ जनवरी २३ तारिखमा लण्डन स्टुडियोबाट समाचार वाचन गर्दै बीबीसीको यात्रा सुरु गरेका थिए भने यस अघि रेडियो नेपालमा समेत आबद्द भई काम गरे। खरेलले नेपाली सुगम संगीतमा पनि एक सफल गीतकारको रुपमा पनि आँफुलाई स्थापित गरिसकेका छन्।